साहित्य

युवाहरु पासपोर्ट बोकीरहने कहिलेसम्म ?   

युवाहरु पासपोर्ट बोकीरहने कहिलेसम्म ?   

  • आषाढ २९, २०७९ बुधवार
  • ०७:५९:०० बजे
  • 7.6K
    SHARES
  • युवाहरु पासपोर्ट बोकीरहने कहिलेसम्म ?   

    म युवा हुँ
    मैले किताब नआएकोमा होइन
    भिजा नआएकोमा चिन्ता गर्छु 
    पढ्दिन संविधानका धाराहरु
    देख्दिन देश भित्रको सपना
    म त केवल
    पढिरहन्छु जापान, कोरिया 
    र अस्ट्रेलियाका ठुला किताबहरु
    देख्छु परदेशिने सपना


    सरकार खै ?
    देशमै युवा रोजगार 
    कहाँ छ ? निशुल्क स्वस्थ्य उपचार 
    यहाँ गरिब मात्र होइन
    देशको निकाय नै निकमा भइरहँदा 
    गलत नियतमा निरन्तर 
    खबरदारी गरिरहने पत्रकार 
    देश बचाउन लडेका सिपाही 
    देशको नाम राख्न 
    खेल जितेका खेलाडी 
    भोलि बिरामी परिहाले भने
    भोकै मृत्यु कुर्नु पर्छ केही आय छैन
    सहयोगको भिख माग्नु पर्छ
    उपचार गर्ने देशको निकाय छैन 
    त्यसैले त विदेश भासिन्छन
    देशलाई संकट पर्दा काध थाप्ने युवा
    अभाव र गरिबी जित्न
    परदेशमा परिस्थितिसँग
    खेलिरहेका भेटिन्छ्न राष्ट्रिय खेलाडीहरु


    अनि तिम्रो गणतन्त्रले के हेरेको  छ ? 
    महङ्गीले ढाड सेकिरहँदा
    किन सुन्दैनौ गरिबीको चित्कार
    किन बन्दैनौ निमुखाको आवाज 
    अभावको खडेरीमा जनतालाई धकेलेर
    उत्सव मनाइदियौँ
    खाने तेललाई, हामी जस्ता गरिबले
    सुघ्न नसक्ने बनाइदियौ
    देशमै केही गरौं 
    न आम्दानी हुन्छ
    न लगानी उठ्छ
    थेग्न नसक्ने छ करको भारी
    त्यसैमा कमिसन र कालोबजारी 

     

    हाम्रो त देशै भरी 
    न त चिनेका मान्छे छन
    न त किनेका मान्छे
    कस्ले विनियोजन गरोस 
    हाम्रा नाममा बजेट 
    कसले ल्याओस, गरिबी निवारण कार्यक्रम 
    हरेक सामानको मुल्य बढ्दा 
    किसानको पसिनाको मुल्य कहिले बढदैन 
    न त उत्पादनले बजार पाउछ 
    न समयमा मल आउछ
    त्यसैले त किसानहरु
    बाझो राखेर आफ्नो खेतबारी 
    पुग्न बाध्य छ्न सात समुन्द्र पारी 


    सरकार तिमी देख्छौ?
    आश बोकेर विमानस्थलबाट
    विदेश हानिनेको लस्कर 
    अनि
    बाकसमा बन्द भएर फर्किनेको लास
    अह ! तिमी देख्दै देख्दैनौ
    विदेशमा अलपत्र पर्नेहरुको आँसु 
    दलाल बाट ठगिनेहरुको पीडा
    अर्काको देशमा बलात्कृत हुने
    नेपाली चेली हरुको रोदन
    अब हामीलाई भनिदेउ !
    तिमीले हात नकमाई 
    वैदेशिक श्रम सम्झौतामा 
    सहि ठोकिरहने कहिलेसम्म ? 
    युवाहरु भबिस्य खोज्न 
    पासपोर्ट बोकीरहने कहिलेसम्म ?


    लक्ष्मी अर्गेजा मगर

    उहाँले बागलुङ पोस्ट डटकमका लागि साहित्यमा कलम चलाउनुहुन्छ ।

    सम्बन्धित समाचार