सन्दर्भ : बुबाको मुख हेर्ने दिन

बा !

बा !

  • भाद्र ११, २०७९ शनिवार
  • १४:४०:४३ बजे
  • 4.7K
    SHARES
  • बा !

    बा ! 
    म अग्लिन चढ्ने तिम्रो काध 
    बुढेसकाल लागेसंगै निहुरियो 
    आज भोलि तिमी अग्लो हुन नसक्दा
    टाढा टाढा देख्न नसक्दा
    मलाई कती सम्झन्छौ होला है ? 


    मलाई  तिम्रो औंला समाएर 
    ताते ताते हिड्न सिकाउथेउ 
    म लड्दा चिच्याएर रुन्थे
    तिमी उठाएर भुलाउथेउ
    अहिले तिम्रा खुट्टा फट्क्कै गलेर
    भित्ता र लौरो समाउदै हिँड्दा
    दमले बेस्सरी च्यापेर औषधि नभेट्दा
    तिमीलाई मेरो आवश्यकता कति पर्छ होला है ?
     
    हामी कहि कतैबाट आउँदा
    सधैँ आमा खोइ भन्छौँ 
    आमालाई साथी जस्तै सम्झन्छौँ 
    बजार जाँदा आमालाई चुरा लिँदै गर्दा
    तिमीलाई टोपी कहिलै ल्याइदिन्न्नौँ
    आमाकै गीत र गुनगान गाउछौँ
    बा तिमी कत्ती सहनसिल छौ है
    छोराछोरीले गरेको विभेद विरुद्ध कहिले बोल्दौनौ 
    कहिलै मन दुखाउदैनौ


    म तिम्रो छोरी हुनुमा सधै गर्ब गर्छु बा
    तिमी रक्सी पिउँथेउ तर
    परिवारको खुसीलाई सिटन कहिलै बनाएनौ  
    तिमी सुर्ती माडेर खान्थेउ 
    तर हाम्रा सपनालाई चुना कहिलै लगाएनौ 


    तर पनि  बा 
    किन रिस पोख्दैनौ मलाई 
    किन लडिरहन्छौ दुःख र अभावसँग  
    किन चुपचाप हिडिरहन्छौ पानी र झरीहरुमा ? 

    बा 
    तिम्रो मुख हेर्न लायक भएर तिमीलाई सोध्न मन छ
    तिम्रो सपना के थियो ?
    तिमीलाई रमाउन मन लाग्छ कि नाई ?
    तिमी किन कहिलै थाकिनौ दुःखहरुसँग ?
    किन कहिलै भागिनौ जिम्मेवारीसँग ?


    लक्ष्मी अर्गेजा मगर

    उहाँले बागलुङ पोस्ट डटकमका लागि साहित्यमा कलम चलाउनुहुन्छ ।

    सम्बन्धित समाचार