आलु, प्याज तरकारी पनि छाडिनस सरकार !
करको दर अझै बढाई किर्तिमान राख सरकार !
मानवताको लागि थोरै गम्भिर भइदे सरकार !
देश चलाउन हावामा पनि कर लगााइदे सरकार !
पाँच करोडले पुग्दैन ! थोरै बजेट थपिदे सरकार !
जीउनका लागि बिदेशिनीको दृश्य हेर ए सरकार !
भान्सादेखि अस्पतालका चित्कार सुन हे सरकार !
देश चलाउन हावामा पनि कर लगााइदे सरकार !
जनताको करको मर्म बुझी श्राप जोगाइ सरकार !
सपना बाडँन छाडेर जनमैत्री काम गर सरकार
जनतालाई ढाड सेक्ने गरी महङी बढाई दे सरकार !
देश चलाउन हावामा पनि कर लगााइदे सरकार !
भोग्नै नपाइने चुच्चे नक्सा भएर के गर्ने सरकार ?
स्मार्टसिटी, पानीजहाज र भ्यूटावर चाहिदैन सरकार !
कहिल्यै सम्पन्न नहुने शिलान्यास चाहिदैन सरकार !
देश चलाउन हावामा पनि कर लगााइदे सरकार !
बर्षो सम्पन्न नहुने विकास सपना छाडी दे सरकार !
घरमा ग्यास पाइप र समृद्धिको नारा चाहिर्देन सरकार !
गास बासको कर्तव्य बोध गर्न बाँकी नै छ सरकार !
देश चलाउन हावामा पनि कर लगााइदे सरकार !
शान्ति, सुशासन दीगो विकास कता हरायो सरकार ?
सत्ता र कुर्सीको लागि कति ध्यान दिन्छस सरकार !
कमिशन र भष्ट्राचारको दलदलमा नफस सरकार
देश चलाउन हावामा पनि कर लगााइदे सरकार !