साथीलाई चिठी !

साथीलाई चिठी !

  • आषाढ १४, २०८० बिहिवार
  • ०९:४२:४३ बजे
  • 5.2K
    SHARES
  • साथीलाई चिठी !

    दिलीप बुढाथोकी मगर 
    एम.ए प्रथम सेमिस्टर
    प्रिय 
    साथीहरु 
    सामाजिक जीवनमा लागेपछि धरै साथीहरु बन्ने नै भए । विद्यार्थी जीवनमा जुन वर्गबाट आए पनि विद्यार्थी नै थिए । धेरै साथीहरु बने । कोहि वर्गीय मित्र बने कोही शत्रु बने । मातृपार्टीको वैचारिक प्रभाव पर्नु स्वभाविक नै हो, त्यो मुख्य कडि बन्ने नै भयो । एउटा निकै मिल्ने साथी थियो, संगै राजनीतिक आन्दोलनमा लागेको, पछि उ क्रान्तिकारी उद्देश्य पुरा गर्ने भनेर माओवादी रोज्यो, माओवादी आन्दोलन बिर्सजन भयो, बुर्जुवा गणतन्त्र नि आयो । त्यसपछि लामो समयपछि भेट भयो उ सँग, त्यो बेला उसको निजी जीवन सुन्दर बनेको थियो । विलासिताका साधनहरुले उसलाई अभाव थिएन । शहरमा घरदेखि थुप्रै चिजले उसलाई माया गरेको थिए । उसले त्यसलाई परिवर्तन बताउँथ्यो ।  त्यसपछि खासै भलाकुसारी गर्ने भनेर हाम्रो भेट भएन ।

    अर्को एउटा साथी थियो, प्रजातान्त्रिक विचारको राजनीति गर्छु भनेर प्रजातान्त्रिक बन्यो । विस्तारै प्रजातान्त्रिक बन्यो बनेन त्यो त थाहा भएन । एउटा कार्यक्रममा हाम्रो विरुद्ध आक्रमण गर्न त्यो नि अग्रपंक्तिमा थियो । संगै राजनीति शुरु गरेको मित्र चाडैं दुश्मन बन्यो । अहिले कहिलेकाहि भेट हुँदा राम्रोसंग बोल्दैन । उ सत्य र न्यायको बाटोमा होईन, निजी जीवन समृद्ध पार्ने अभियानमा नै छ  । त्यो प्रकारका धेरै साथीहरु थिए, जो पछि कोहि मेरो नजिकको मित्र पनि बने । सामाजिक जीवनमा अघि बढ्दै जाँदा धेरै साथीहरुसँग भेट भयो । ति हितैसी भन्दा प्रिय लाग्छन्, किनकी हाम्रो वर्ग पक्षधरता मिलेको छ । पूर्वको साथी घाइते हुँदा पश्चिमको साथीको आँखामा आँसु देखिन्छ ।

    यसरी साथी बन्नेहरु सबै सधै स्थायी बनेनन् । कोहि छुट्दै गए । कोहि अहिले संगै छन् । समस्या त त्यो पो रहेछ, छुट्दै गएका नि भेटिन्छन्, कुराकानी गर्छन्, पुराना संघर्षका कथा व्यथा स्मरण गराउँछन् । संगै भएका कोहि साथी भेट भए पनि जातै जाला जस्तो गर्छन् । कहिलेकाँही परिस्थितिले यस्तो पनि बनाउँदो रहेछ । कुरो त्यति मात्र कहाँ पो रह्यो र, उनको विचारलाई समर्थन नगरी दिए साथी नै भइएन । समर्थन गरि दिए हुनसम्मको विश्वासिलो भैयो । परिस्थिति यस्तो पनि आयो कि, एउटा सानो  फरक कुरो ग¥यो कि लौ यो त अब जाने भयो, पहिला पहिला पनि जान्थे ।


    त्यो बेला लाग्छ, त्यो साथीले पहिला र अहिलेको अवस्थाको मुल्याङ्कन गर्छ होला कि गर्दैन होला । तै पनि उसलाई धेरै के भन्नु, उ एक शुत्रीय गाइडेड छ । क्रियटिभ भएको त यस्तो भन्न हुन्थ्यो, गाइडेड भएपछि भनेको पनि सुन्दैन, अनि भन्छ, परिस्थिति बुझेनौ साथी । त्यो साथीले बुझेको परिस्थितिले उसको जीवनमा त घाम लाग्ला, तर उसले घाम तपाउने भनेका मान्छेहरु सधै चिसोमा बस्न बाध्य हुनेछन् । त्यसलाई उसले परिस्थिति बताइदियो, त्यो कुरा मलाई मन परेन, मलाई मन नपरेकै आधारमा उसले मलाई छिपछिपे, अर्थ ज्ञानी उग्र, अराजकका लाल्छनाको माला  नै बनाईयो र लगाईदियो । आफुलाई निकै क्रान्तिकारी बताएर साथीले धेरै कुराको जोरजाम गरेर लगाईदिएको माला मेरो आदर्शसंग मिलेन । मलाई लगाउन मन लागेन, मैले मिल्काईदिए । अनि भन्छ, पहिलेको साथी जस्तै । त्यो नै साथीको कमजोरी छ, पहिलाको जस्तै देख्छ । साउन महिनामा आँखा फुटेको गोरुले सधै हरियो देख्छ भन्थे हो रहेछ भन्छु, धेरै भनेर पनि गम खान्न  । यस्ता साथी पनि छन् मेरा ।

    साथी त संघर्षको मैदानमा स्पष्ट भएर लागोस्, कुरा गरोस र पो बल्ल मजा हुन्थ्यो । त्यो गर्नु त कता हो कुरा नेताजीको पछि लाग्यो, अरुले गरेको कामलाई आफ्नो भन्यो अनि रिपोर्टिङ ग¥यो । ज्यू हजुरी ग¥यो, नातागोता साइनो सम्बन्ध बनायो र नेता बन्यो । अनि फिल्ड खाएकालाई हेप्यो, फलानो अलि अराजक छ भन्यो, यो प्रवृत्ति भएका साथीहरुसँग पनि संगत गर्न पाइयो, अनुभव संगाल्न पाउनु पनि खुसी कै कुरो हो जस्तो लाग्छ ।

    अरु पनि साथी छन, कैयौं सवालमा कुरा मिल्दैन तर पनि भावना मिलेकै छन, सुन्दर भविष्यका रुपनी सपनाहरुको पक्षमा संघर्ष गर्ने सवालमा । दुर दराजका उत्पीडित भोका नाङ्गाहरुको आगनमा उज्यालो ल्याउन तुफानी संघर्षमा हिँडेका मित्रहरुलाई केहि यस्ता मित्र छन, जसले सधै अराजक देख्छन । तीनको सोचाई नै अराजक छ भन्दैमा हाम्रो यात्रा नै अराजक हुने कुरो भएन ।

    कोहि साथीहरुले संसार बदल्ने कुरामा सहमत प्रकट त गरी नै रहन्छन तर, जीवनका कैयौं वाध्यता, विवशतालाई स्वीकार गर्दै हातमुख जोर्नको लागि प्रवासको ५०÷५५ डिग्रीको घाममा गैची र बेल्चा चलाउने, देशको क्रान्तिकारी आन्दोलनको लागि आपनो श्रमबाट योगदान गर्नेलाई साथीले पलायनवादी देख्छ, तर त्यही पलायनवादीले गास कटाएर दिएको सहयोगले आपनो जिन्दगीमा पेटसम्म भर्न पाएको बिर्सिन्छ । सोच नबद्लिए पछि, चिन्तन नबद्लिए पछि अरु ठूलो कुरा सोच्न पनि नसकेर होला यस्तै कुराहरु गर्ने । विचरा ! पलायनवादी भन्दियो, आफूलाई चाँहि महाक्रान्तिकारी ठान्दियो ।

    केहि समय अगाडि युरोप पुगेका साथीहरुले जिन्दगीका अपना सपनाहरु साकार पार्न दिनको १४÷१६ घण्टा काम गरेर सघर्ष गर्दै छन, त्यो सङ्गै त्यसरी बगाएको पसिनाका केहि थोपा देशको क्रान्तिकारी आन्दोलामा पनि सिञ्चेका छन तर ती साथीभाई आफुलाई महान बताउनेले पलायनवादी देख्छ, विश्व भुमण्डलिकरण मजदुर आन्दोलनको आम दिशा विश्वव्यापी  बन्दै गएको बेलामा उसले त्यसलाई पलायनवादी देख्छ जबकी आफुले सिन्को भाँच्नु पर्दैन, चिया पसलमा गफ छाटे पुगेको छ । यस्तै यस्तै पात्र र प्रवृतिकोबीच भागबाट च्यापिदै गएको एउटा क्रान्तिकारी आन्दोलनको भविष्यको खोजी र विकासमा लागेकालाई उसले अझै कहिलेकाही त प्रतिगमन परस्त देख्छ ।........ विचरा साथी नै छन् । हामीले हाम्रा साथीहरु वर्गप्रेमी, वर्गसंघर्षप्रेमी, परिर्वनप्रेमी भएको बनाउनुपर्छ ।  

     

     


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार