वर्तमान अवस्थामा राज्य र नागिरक बीच विश्वासको दुरि बढ्दो

वर्तमान अवस्थामा राज्य र नागिरक बीच विश्वासको दुरि बढ्दो

  • आषाढ २९, २०८० शुक्रवार
  • ०८:३५:०७ बजे
  • 6.8K
    SHARES
  • वर्तमान अवस्थामा राज्य र नागिरक बीच विश्वासको दुरि बढ्दो

    जोकलाल बुढा मगर 
    नेपालको राज्य संचालन व्यवस्था र राजनीतिक परिवर्तनसंगै आम नागरिकहरुमा पनि शिक्षा, चेतना, सृजना र क्षमताको विकास भइरहेको छ । नेपाल विश्वको विकसित देशहरुको तुलनामा भर्खर मात्र आधारभुत विकासको आधार तयार हुदै विकासोन्मुक तर्फ अगाडी बढ्दैछ । तर आम नागरिकको आवश्यकता, समस्या पनि उतिक्कै छ र पनि महत्वकांक्षी झनै बढिरहेको पाइन्छ । समयान्तरसँगै शासकहरुले व्यवस्था परिमार्जन गर्ने क्षमता नराख्दा, केहि समय पश्चात धेरै व्यवस्थाहरु परिवर्तन गर्न नेपाली नागरिकहरुको पटक पटकको बलिदान, संघर्षबाट प्राप्त नेपालको संविधान २०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था तीन तहमा राज्य पुनःसंरचना सहित नेपालको माटो, परिवेश सुहाउँदो र नेपाली नागरिकहरुको अधिकार सम्पन्न देशको मुल कानुन निर्माण भइ कार्यन्वयनको चरणमा रहेको छ ।

    संविधानमा नागरिकको शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक सुरक्षा लगाएत संवैधानिक अधिकार सुरक्षित गरेको छ । संविधान कार्यन्वयन गर्ने क्रममा पहिलो चरण सरकार गठन भई कार्य सम्पादनमा तीन तहको सरकार बीच समन्वय, सहकार्य, सहअस्तित्वको माध्यमबाट अन्तर सरकार समन्वयन गरी नागरिकको आवश्यकता समस्या समाधान गर्दै देशको सुशासन र दिगो विकास लक्ष्य हाँसिल गर्नु पर्ने जिम्मेवारी रहेको छ । नेपालको संन्दर्भमा संघीय संरचनामा शासन तथा प्रशासन संचालन प्रक्रिया नँया अभ्यास भएकोले तीन तहको सरकार र नागरिक बीचको सम्बन्ध सहकार्यात्यमक हुनु पर्दछ । राज्य पूर्ण रुपमा नागरिक प्रति जिम्मेवार, उत्तरदायित्व हुनु पर्छ भने नागरिक राज्यप्रति इमान्दार र बफादार भई हाम्रो साझा समस्या, आवश्यकता पुरा गर्दै हामीले बनाएका विकासका संरचनाको दिगोपना राख्ने जिम्मेवारी पनि हामी सबैको हो । त्यसैले तीन तहको सरकार संचालनको प्रक्रिया भएको पहिलो कार्यकालमा दुरदराजका गाउँ बस्ती र नागरिकहरुमा राज्यको उपस्थिति शिक्षा, स्वास्थ्य, खानेपानी र सडक विस्तार लगाएतको कामले भने धेरै फट्को मारेको पाइन्छ ।

    यी निर्माण भएका पुर्वाधारका संरचनाहरु हामी र हाम्रो लागी निर्माण भएको हो भन्ने कम बुझाइका कारण गुणस्तरीयता र संरक्षणको समस्या देखिन्छ भने विकासको बुझाइ खाली हाम्रो पूर्वाधार निर्माणलाइ मात्र प्राथमिकतामा राखिएको छ । त्यसैले हामी नागरिकको जीवनस्तर र आयआर्जनमा जोड्ने योजना तथा कार्यक्रम बनाउनमा ध्यान पुगेको छैन । आजको समयमा पनि रोजगार र अवसरको खोजीमा लाखौँ उर्जाशील मानव स्रोत नेपालमै उपयोग गर्न नसक्नुका कारण विदेश पलायन हुनु चुनोतीको विषय भएको छ । हामी सँग भएको सिमित स्रोत साधनको सहि सदुपयोग, उपयोग र परिचालन गर्ने क्षमता, योजना निर्माण गर्न सक्नु पर्छ । सिमितता रहेको स्रोत र साधनको क्षेत्र बढाएर स्रोतको पहिचान गरि उपयोग र प्रयोग गर्दै उत्पादन बढाउने, तत्काल प्रतिफल दिने, गरिबी न्युनिकरण गर्दै देशको आर्थिक बृद्धि हाँसिल गर्ने खालका योजना निर्माण गर्दै सफल कार्यन्वय प्रक्रिया पनि राज्य र आम उपभोक्ता बीचको समन्वय र साझेदारीमा विश्वासको वातावरण बन्न नसक्नु पनि प्रमुख चूनौती हो ।

    यसरी नेपालको राजनीतिक प्रक्रिया मिश्रित निर्वाचन प्रणालीले गर्दा कहिले पनि सरकार स्थिरता नभएकोले राजनीतिक दाउपेच हुनु साझा आवश्यकता र समस्यामा पनि राजनीति गर्नु व्यक्ति र पार्टी भन्दा माथी उठेर देश र देशवासीको चिन्तन नगर्नु पनि समस्याको विषय बनेको छ । देशको आवश्यकता अनुसार ऐन कानुन नीति योजना तथा कार्यक्रम बनाउनुभन्दा आफ्नो पार्टी तथा कार्यकार्ता मुखी योजना कार्यक्रम तथा बजेट निर्माण गर्नुले पनि राज्य संचालकप्रति आम नागरिकको विश्वास घटिरहेको छ । राजनीतिक अस्थिरताले गर्दा दीर्घकालीन योजना निर्माणमा भन्दा लोकप्रिय तथा व्यक्ति वा पार्टि केन्द्रित कार्यक्रम बनाई आफ्नो प्रभाव राख्ने तर त्यसले दिगो विकासलाइ प्रभिवित बनाइरहेको छ । अस्थिरता र संक्रमणताले गर्दा गतल काम गर्नेहरु हावी हुनु विदेशी चलखेल हुने भएकोले पनि देशको विकासमा बाधा पुर्याएको छ  । 

    प्रशासनिक सेवा प्रवाहमा छिटो छरिटो नभएर सेवाग्राहीहरु एउटै काममा झन्झटिलो व्यहोर्नु पर्ने अवस्था रहेको छ । कामको प्रकृति अनुसार नियम कानुन बाझिएर सेवाग्राहीलाई कानुनी प्रक्रिया पूरा गराउने बाध्यताले गर्दा पनि सेवा प्रवाहप्रति सेवाग्राहीहरु सन्तुष्टि हुने अवस्था छैन । त्यसैगरी आम नागिरक पनि मेरो प्रत्यक्ष वा अप्रत्यक्ष राज्यको गतिविधिमा सहभागीता छ भन्ने बुझ्न आवश्यक रहेको हुन्छ । राज्यको हरेक क्रियाकलापमा मेरो सहभागी रहेको हुन्छ यसलाइ अर्थपूर्ण सहभागी जरुरी छ । त्यसैले राज्यबाट निर्माण गरिएका नीति योजना तथा कार्यक्रमलाइ नागरिक वा उपभोक्ताहरुले  हाम्रो लगानीमा, हाम्रो सहभागीतामा, हाम्रो उपभोगको लागी, हामीले बनाउनु पर्छ भन्ने सोच र औभावनाको विकास नभएर यो सरकारको योजना हो भनेर बुझ्नु समस्याको रुपमा रहि आएको छ ।त्यसैले गर्दा अहिले हाम्रो प्रशासन, सेवा प्रवाह र विकासको गतिविधिमा राजनीतिककर्मीलाइ हेर्दा कमिशन, कर्मचारीलाई हेर्दा भ्रष्ट र नागरिकलाइ हेर्दा बैमानी जस्तो देखिनुका कारणले आज कसैले कसैप्रति भरोसा र विश्वास नगर्ने वातावरण निर्माण भएको छ ।

    त्यसैले वर्तमान अवस्थामा राज्य र नागरिकको सम्बन्ध समन्वय, सहकार्यमा समाज र देश विकासमा जति नजिकको अन्तर सम्बन्धित भई विश्वास र भरोसा हुनु पर्ने ठिक विपरित भएर दुरी बढ्दो अवस्थामा रहेको पाइन्छ । अन्त्यमा हाम्रो देश नेपाल विविधताले भरिएको छ । यहाँका प्रचुर सम्भावना बोकेका प्राकृतिक स्रोत साधनको सहि पहिचान गरि उपयोग प्रयोग र परिचालन गर्न सकियो भने विकासोन्मुक अवस्थाबाट विकसित देश बन्न समय लाग्दैन त्यसै राज्य संचालनका प्रक्रियाका समस्याहरु समयमानै पहिचान गरि त्यसको निरकरण गर्नुपर्ने महत्वपुर्ण पक्ष हो । यसरी राज्य संचालनका शासक र प्रशासक आम नागरिकको सेवक हुँ भन्ने भावनाको विकास गर्नु पर्छ भने नागरिक पनि यो देशको असल र सचेत नागरिक भइ राज्य प्रति इमान्दार र जिम्मेवार बन्नु पर्दछ  र मात्र नेपाल र नेपालीको स्वाभिमान विश्व सामु उच्च रहनेछ ।
    एम.ए.समाजशास्त्र विद्यार्थी
    धवलागिरि बहुमुखी क्याम्पस,बागलुङ

     

  • सम्बन्धित विषय:

  • # वर्तमान अवस्था

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार