साहित्य

बा सम्बन्धी पाँच मुक्तक

बा सम्बन्धी पाँच मुक्तक

  • भाद्र २८, २०८० बिहिवार
  • १४:१०:३४ बजे
  • 14.9K
    SHARES
  • बा सम्बन्धी पाँच मुक्तक

    सुजन अन्जान परियार
    शरीरमा तागत दम होस्, कुशे औंसीको शुभकामना 
    उच्च मनोबल कायम होस्, कुशे औंसीको शुभकामना 
    सन्तानको खातिर आफैं मात्र रित्तिरहनु भयो सधैंभरि 
    दु:ख पीर चिन्ता कम होस्, कुशे औंसीको शुभकामना।

    खुसी हुने बाटो छैन, उपाय भैन, अरु के भनौं 
    हराभरा आँगन, खुसी मन हुँदैन, अरु के भनौं 
    घर मुली ढलेपछि, रोग, व्याधी सबै बढेपछि 
    सम्झना गर्न बाहेक विकल्प छैन, अरु के भनौं ।

    एकाबिहानै गरेर गन्थनमन्थन, संवाद पठाइदिएको छु
    भाकेर देवी देउराली भएभर, आजाद पठाइदिएको छु
    कुशे औंसीमा पनि उपहार केही पाएन नभन्नु बुबा 
    यो धर्ती लोकबाट स्वर्ग लोक, याद पठाइदिएको छु।

    देखावटी गर्नैका लागि घर-बासमा मान्न थालेपछि
    वर्षौं दिन त न भरोसा, न विश्वासमा मान्न थालेपछि
    कुशे औंशी अनि बुबाको, सम्मान इज्जत के मानौँ ?
    फोटो प्रदर्शनी पर्व जसरी खासमा मान्न थालेपछि ।

    हिड्न ठाडो नजर, गरिदिए खुसी हुन्छन् 
    मनका कुरा सेयर गरिदिए खुसी हुन्छन् 
    खुसी बनाउन बुबालाई केही गर्नु पर्दैन 
    सधैं आफ्नो कदर गरिदिए खुसी हुन्छन् ।


    बागलुङ पोस्ट

    सम्बन्धित समाचार