राजनीति

एमाले बागलुङ नगर अध्यक्षले दिए राजीनामा

एमाले बागलुङ नगर अध्यक्षले दिए राजीनामा

  • फाल्गुण २७, २०८२ बुधवार
  • ०६:०१:१३ बजे
  • 1.3K
    SHARES
  • एमाले बागलुङ नगर अध्यक्षले दिए राजीनामा

    बागलुङ : नेकपा एमाले बागलुङ नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्माले अध्यक्ष पदबाट नैतिकताका आधारभा राजीनामा दिएका छन् । एमाले उम्मेदवारलाई जिताउन नसकेको र एमालेको राजनीतिमा उत्साह ल्याउन नसकेको आत्माआलोचना गर्दै राजीनामा दिएका हुन् ।

    फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बागलुङ क्षेत्र नंम्बर १ बाट एमालेका उम्मेदवारी हिराबहादुर केसीलाई जिताउन नसकेको भन्दै नैतिकताको आधारमा राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ ।

    बागलुङ नगरपालिकाका कार्यकर्ताहरुलाई एमालेप्रति उत्साहित बनाउन नसकिएको र आम मतदाताको माग बुझ्न ढिलो भएको प्रति आत्माआलोचना गर्दै नैतिकताको आधारमा नगर अध्यक्षको पदबाट राजीनामा दिएकाे राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

    राजीनामा पत्रमा पार्टी अब पुर्नगठन गर्न अवश्यक रहेकाले सुरुवात आफूबाट गरेको र पदमा बसेर पार्टी सुध्रन नसक्ने भन्दै जिम्मेबारीबाट अलग भएको शर्माले लेखेका छन् ।

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले
  • # रामकृष्ण शर्मा

  • नवराज नेपाली

    उहाँ बागलुङ पोस्ट डटकमका सम्वाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार