बागलुङ : ढोरपाटन नगरपालिकामा मत गणना जारी रहेको छ । वडा नं. ६,७,८ र ९ को मत गणनामा पाँचदलीय गठवन्धन र नेकपा एमालेविच कडा प्रतिस्प्रर्धा देखिएको छ । ढोरपाटन नगरपालिका वडा नंं. ९ देखि सुरु गरिएको मत गणनामा वडा नं. ८ र ७ को गणना भएको छ वडा नं. ६ को अन्तिम मत परिणमा आउन बाँकी छ । हालसम्मको मत परिणमा अनुसार मेयर पदमा नेकपा एमालेका देवकुमार नेपाली ८९ बढि मतले अगाडी छन् । अहिलेसम्मको मतगणनामा नेपालीको २१४६ र गठवन्धको तर्फदेखि मेयर पदका उमेद्वार चन्द्र अर्यालको २०५७ रहेको हो ।
उता उपप्रमुख तर्फ गठवन्धनका धनबहादुर कायत कल्याण नेकपा एमालेका तारा पुन भन्दा भारी मतले अग्र स्थानमा छन् । कायतको २४८८ हुँदा पुनको मत १६८४ प्राप्त भएको छ । उपमा कायत ८०४ मतान्तरले अग्रस्थानमा छन् । वडा नं. ६ मा नेकपा एमालेका उमेश बुढाले वडा अध्यक्षमा जितेका छन् । गठवन्धका सुरज कुमार अदैको ६९८ मत प्राप्त हुँदै गर्दा नेकपा एमालेका उमेश बुढामगरको ७८१ मत प्राप्त गरी ८३ मतान्तरले जित हात पारे ।
वडा नं. ७ मा बल बहादुर अदै र धन बहादुर अदै विच कडा प्रतिस्प्रर्धा भइरहँदा धन बहादुर अदै सहितको गठवन्धनको प्यानलनै विजयी भएको छ । वडा नंं. ८ मा गठवन्धनका भद्रमणी सुनारको प्यानलले जित हात पारेको छ वडा नं. ९ मा नेकपा एमालेका खिम बहादुर घर्ति विजयी भएका छन् ।
निसीखोला गाउँपालिकामा वडा र पालिकामा गठवन्धनको अग्रता कायमै
निसीखोला गाउँपालिकामा पाँचदलीय गठवन्धले सुरुवाती देखिनै अग्रता लिएको छ । गाउँपालिका अध्यक्ष पदमा गठवन्धनको तर्फदेखि सुर्य बहादुर घर्ती र उपाध्यक्षमा प्रेम बहादुर घर्तिले निरन्तर भारी मतले अग्रता लिँदैे आएका छन् । घर्तिको ३५५६ हुँदा नेकपा एमालेका भुमिराज घर्तीको १५५५ मत ल्याउनु भएको छ । हालसम्म दोब्बर बढि मतान्तरले सुर्यबहादुर घर्ती अगाडी छन् । प्रमुखमा राप्रपाको १६० मत प्राप्त हुँदा स्वतन्त्र पुतली चिन्हको २३५ मत प्राप्त भएको छ ।
उपाध्यक्षमा गठबन्धनका प्रेम घर्तिको ३२१५ मत प्राप्त हुँदा एमालेका भोटु चन्दको १८१५ मत प्राप्त भएको छ । राप्रपाको १२९ मत प्राप्त भएको हो । हालसम्म वडा नं. १ ,२,३,र ४ मा गठवन्धनका उमेद्वारले जित हाँसिल गरेका छन् । वडा नम्बर १ मा नेपाली काँग्रेसका चन्द्रसिँह रामजाली, वडा नं. २ मा नेकपा माओवादी केन्द्रका कुविर विश्वकर्मा, वडा नम्बर ३ मा राष्ट्रिय जनमोर्चाका रमेश विक्रम शाही र वडा नम्बर ४ मा नेपाली काँग्रेसका टिकानिधी पौडलेको प्यानलले जित हाँसिल गरेको हो । नेकपा एमालले वडा नं. १ मा १ जना वडा सदस्य मात्रै जितेको छ निसीखोला गाउँपालिकामा वडा नं. ५, ६ र ७ को मतगणना हुँन बाँकी छ ।