विराेध सभा

बागलुङको सबै पालिकामा कांग्रेसको विरोध प्रर्दशन, विभिन्न पार्टी परित्याग गरि दजानौँ कार्यकर्ता कांग्रेसमा

बागलुङको सबै पालिकामा कांग्रेसको विरोध प्रर्दशन, विभिन्न पार्टी परित्याग गरि दजानौँ कार्यकर्ता कांग्रेसमा

  • माघ ३, २०७७ शनिवार
  • १८:३९:४३ बजे
  • 5.3K
    SHARES
  • बागलुङको सबै पालिकामा कांग्रेसको विरोध प्रर्दशन, विभिन्न पार्टी परित्याग गरि दजानौँ कार्यकर्ता कांग्रेसमा

    छबिलाल पाण्डे, बागलुङ : केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्धमा नेपाली काँग्रेसद्धारा देशभरका स्थानीय तहमा आयोजना गरिएको विरोध सभा सम्पन्न भएको छ ।

    यससँगै बागलुङको ढोरपाटन नगरपालिकामा समेत वृहत ¥यालि सहित विरोध कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेस ढोरपाटन नगर समितिको आयोजनामा आयोजित सभालाई नेपाली काँग्रेस क्षेत्र नम्बर २

    बागलुङका सभापती दोर्णकुमार कुवँरले संवोधन गर्दै ओलीले संसद विघटन गरेर देशलाई अस्थिरता तर्फ धकेलेको र संविधान विपरीत

    असंवैधानिक कदम अगाडी बढाएको भन्दै त्यसको विरुद्धमा खबरदारी स्वरुप निरन्तर विरोधका कार्यक्रम अगाडी बढाएको बताए । 

    जनतालाई विभिन्न आश्वासन देखाएर करिब दुई तिहाईमा रहेको कम्युनिष्ट सरकारले लोभ लालच र पदको लोभमा जनताका आशामाथि तुसारापात गरेको आरोप लगाए । 

    भ्रष्टाचार, अनियमिता, मृल्यवुद्धिदेखि विभिन्न काण्डमा फसेको सरकारले व्यक्तिगत स्र्वाथ पुर्तिका निम्ती संसद विघटन गरेर लोकतन्त्रलाई दुर्घटनामा पार्न खोजेको आरोप लगाए । 

    वर्तमान प्रधानमन्त्री केपी ओली सँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल लगाएत नेताहरुका कारण पनि देश दुर्घटनामा फसेको

    बताउँदै कम्युष्टहरु गरिब वर्गको शोषण अन्याय र अत्याचारमा लिप्त भएको बताए । कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि

    जित शेरचनले जनताका हक र अधिकारलाई कुन्ठित गरि ओली नेतृत्वको सरकारले लोकतन्त्रको अवमुल्यन गर्न खोजेको बताए । 

    जनताले कम्युनिष्टलाई दिएको मतलाई कुल्चँदै नेकपा सरकार आफु–आफु विचको विवाद र पदको लडाँइले गर्दा देशलाई गम्भिर दुर्घटनामा मोडिरहेको बताए ।

    नेपाली काँग्रेस लोकतन्त्र बादी  पार्टी भएको बताउँदै लोकतन्त्रको रक्षाका निम्ती सरकारले गरीरहेका हरेक नराम्रा कामको डटेर खवरदारी गरीने बताए । 

    नेपाली काँग्रेस पूर्व महासमिती सदस्य अर्जुन शेरचले ढोरपाटन नगरपालिकामा भइरहेका अराजक गतिविधीका विषयमा आफनो धारणा राखेका थिए ।

    आफुले निर्वाचन हारेपनी निरन्तर जनताको विचमा रहेर आफनो तर्फबाट काम गरीरहेको बताउँदै स्थानिय तह आएका ३ बर्ष वितिसक्दा समेत कुनै देख्न लायक प्रगति नभएको प्रस्टाए ।

    नेपाली काँग्रेस जिल्ला संगठन विभाग प्रमुख फमबहादुर खत्रीले बोल्दै सरकारका असंवैधानिक कदमका विरुद्धमा आफनो पार्टीले विरोध गरिरहेको

    प्रस्ट्याउँदै पद र सत्ताको लोभी सरकारले गरीरहेका हरेक कदमको विरुद्ध खवरदारी जारी रहने बताए । कम्युनिष्ट पार्टी सिद्धान्तलाई कुल्चिएर

    आफनो स्वार्थ र सत्ताका निम्ती जे पनि गर्न पछि नहट्ने बताउँदै यस्ता अवसरपार्टीबाट  सचेत हुन आम नागरीकलाई अपिल समेत गरे । 

    कार्यक्रममा नेपाली काँग्रेस महादिवेशन प्रतिनिधि सागर छन्त्याल, सोम पौवी, नेपाल महिला संघ क्षेत्रिय सभपती लिलमाया पुन, भुमिराज महत, वडा नम्बर ७ का सभापति ताराबहादुर घर्तीको मन्तव्य रहेको थियो । 

    कार्यक्रमकै अवसरमा नेकपा, राजमो र संघीय समाजबादी पार्टीबाट एक दर्जन कार्यक्रता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । 

    कार्यक्रम नेपाली काँग्रेस ढोरपाटन नगर सभापती सालिकराम शर्माको अध्यक्षता, नेपाल महिला संघ केन्द्रीय सदस्य दिलमाया पौवीको सञ्चालनमा सम्पन्न भएको थियो ।  

    त्यस्तै बागलुङ नगरपालिकामा आयोजित विरोध सभामा कांग्रेस केन्द्रीय सदस्य रत्ना शेरचनले प्रधानमन्त्रीको असंवैधानिक कदमले देश अस्थितर राजनीतिको खाडलमा फसेको बताइन् । 

    उनले तत्काल संसद पुनस्थापना भए मात्र संबैधानिक संकट टर्ने बताइन् ।  नगर सभापति महेन्द्रप्रसाद आचार्यको अध्यक्षता, भोलानाथ आचार्यको

    संचालनमा सम्पन्न कार्यक्रममा सभापति दिपेन्द्रबहादुर थापा, महिला संघकी अध्यक्ष शकुन्तला शर्मा, अमरबहादुर कार्की लगायतले बोलेका थिए । 

    पार्टी कार्यालयबाट निकालिएको बिरोध¥याली धौलागिरीचोक, लालीगुराँस चोक हुँदै लोकतान्त्रिक चोकमा आएर कोणसभामा परिणत भएको थियो । 

    शनिवारै जैमिनी नगरपालिकामा आयोजित कार्यक्रममा पार्टी सचिव नवराज पौडेलले संविधानलाईनै खिल्ली उडाएर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेको आरोप लगाए । 

    उनले संसदको पुनस्थापनाबाट मात्रै संवैधानको रक्षा हुने बताए । कम्प्युनिष्टको सर्बसत्ताबादी चरित्र केपीओलीले संसद भंग गरेर देखाएको समेत उनको आरोप थियो । 

    लोकतान्त्रिक पार्टी भएकोले कांग्रेस निर्वाचनमा जान पनि पछि नपर्ने उनको धारणा थियो । नगरसभापति काशीराम आचार्यको अध्यक्षता,

    सचिव पुरन श्रीषको संचालनमा सम्पन्न बिरोध कार्यक्रकममा महासमिति सदस्य भीम श्रीष, महाधिवेसन प्रतिनिधि हरिहर शर्मा लगायतले बोलेका थिए । 

    कांग्रेसले दशवटै पालिकामा बिरोध गर्न प्रतिनिधि समेत खटाएको थियो । गलकोट नगरपालिकामा पार्टी सचिव चित्रबहादुर कार्की, ताराखोला गाउँपालिकामा

    प्रदेश सांसद मणभद्र शर्मा, बडिगाड गाउँपालिकाको बिरोध कार्यक्रममा महिला नेतृ गण्डकी थापालाई खटाएको थियो ।  बरेङ गाउँपालिकामा दिलिप पुन,

    निसीखोला गाउँपालिकामा तारानाथ पौडेल र तमानखोला गाउँपालिकामा पार्टी सहसचिव सिताराम रसाइलीलाई प्रमुख वक्ताको रुपमा खटाइएको थियो । सबै पालिकामा विरोध प्रर्दशन र कोण सभा गरिएको थियो ।
     

     

     

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # पालिका
  • # विरोध प्रर्दशन

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार