हामीले गरेको राजनीति की लाजनीति ?

हामीले गरेको राजनीति की लाजनीति ?

  • माघ १२, २०७७ सोमवार
  • २०:०९:०९ बजे
  • 5.3K
    SHARES
  • हामीले गरेको राजनीति की लाजनीति ?
    छबिलाल पाण्डे

    छविलाल पाण्डे : देशमा भइरहेको राजनीतिक विचलनले गर्दा यतिबेला धेरैलाई देशको राजनीती बुझ्न कठिन बनिरहेको छ । नेपालको परिवेशमा सिद्धान्त एकातिर व्यवहार अर्का तिर गर्ने राजनीतिक दलको परिबाटीले गर्दा पनि होला जनता अन्यौलमा छन् । करिब दुई तिहाई सरकारको सत्ता बागडोर सम्हालेका नेकपा अध्यक्ष एवमं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव अगाडी बढाएसँगै देशमा यतिबेला सडकमा विरोधका प्रद्धर्शन भइरहेका छन् ।

    संसद विघटन हुने नहुने अझै अन्यौल छ सर्वोच्च अदालतको प्रतिक्षामा राजनीतिक दल र नागरिकले फैसला कुरेर बसिरहेका छन् । संसद विघटन असंवैधानिक कदम भएको भन्दै रिट दायर भएको छ । प्रधानमन्त्री ओलीले आफुलाई पार्टी पंक्ति भित्रबाट असहयोग भएको भन्दै एकाएक राष्ट्रपती विध्यादेवि भण्डारीको सिफारीसमा संसद विघटन प्रस्ताव सहित निर्वाचनको तयारीमा लाग्न निर्वाचन आयोगलाई आग्रह समेत गरे । मध्यावदी निर्वाचन गरेर देशलाई नयाँ नेतृत्वबाट अगाडी बढाउने संकल्पका साथ अगाडी बढेका ओलीले लिएको लक्ष्य पुरा होला नहोला यो भने अन्यौलताको विषय बनिरहेको छ ।

    देशमा नेकपा भित्रकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री मादव नेपाल, झलनाथ खनाल लगाएतको जम्बो टोली प्रधानमन्त्री ओलीको विपक्षमा उभिँदै उनकले थालेको असम्वैैधानिक कदमको विरोधमा उत्रिँदै प्रधानन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाइएको बताउँदै आएको छ । उता प्रतिपक्षको रुपमा रहेको नेपाली काँग्रेसले विभिन्न चरणमा विरोधका कार्यक्रम गर्दै आइरहेको छ ।

    संघीय समाजवादी पार्टी, विवेकशील साझा पार्टी लगाएतका दलहरुले समेत सडक मार्फत प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक भएको भन्दै विरोध गरिरहेको अवस्था छ । यो अवस्था कहिले सम्म रहने भन्ने यकिन छैन । सम्मानित सर्वोच्च अधालतले दिने अन्तिम फैसला नै त्यस पछिको  कदम रहने देखिन्छ ।

    सरकार गठन भएको ३० महिना कटिसकेको छ । पाँच वर्षका निम्ति नेकपा सरकारले जनताका लागि काम गर्ने गरी जनताले मतदान गरेर सत्तामा पठाएका थिए तर पार्टी भित्रको आन्तरीक विवाद र नेताहरु बीचको पदिय लालचाका कारण देशमा राजनीतिक अस्थिरता तिर जाने अवस्था यतिवेला सृजना भएको छ ।

    गरिब र सर्वहारा वर्गको निम्ति कम्युनिष्ट पार्टीले काम गर्ला, देशमा परिवर्तन आउला, विकासले गति लिने र जनताले देखेको सपना र तिनै कम्युनिष्ट नेताहरुले चुनावमा गरेका बाचा पुरा गर्लान भन्ने जनतामा तीव्र आकांक्षा थियो । तर आशा तुषारापात बनेको छ । आफुआफु बीचको लडाँइका कारण देशलाई दुर्घटनामा पु¥याउने नियतीको खेल सुरु भएको छ । काण्डै काण्डमा सरकार रोमलिएको छ । तर काम भन्दा गफ बढी गर्दै आएको सरकारले जनतालाई आश्वाशन दिन अझै छोडेको छैन । 

    पछिल्लो समय सामाजिक सञ्जालमा हेर्दा लाग्छ यति घिनलाग्दो राजनीतिक संस्कार के का लागि सिक्ने ? के का लागि हो राजनीती गर्ने ? भाषणमा सुनिने बोली सुन्न लायक छैनन् । बालबालीकाको लडाँई जस्तो एकले अर्कालाई आरोप प्रत्यारोप लगाएर आफुभने दुधले नुहाएर शुद्ध बन्ने प्रयास भइरहेको अवस्था छ । 


    हामी नेपाली जनता तीनै नेताहरुको भाषण सुन्न र उनीहरुले गरेका उटपट्याङ सुन्ने अनि सकेको जति उर्फँदै दुई हातले तालि पिट्दै सर्मथन गर्ने देश कतातिर मोडिँदै छ धेरैलाई चिन्ता नै छैन । आफुले सर्मथन गर्ने व्यक्तिको अभिव्याक्ति राम्रो होस या नराम्रो जसरी पनि राम्रो मान्नु पर्ने सँस्कृतिले पनि नेताहरुको क्रोध, लोभ, लाल्चाले गर्दा देश दुर्घटनामा पर्नुका साथै खराब नियत भएका नेताहरुले थप प्रश्चय पाइरहेका छन् ।

    राम्रा राजनीतिक विचारधारा भएका नेताहरुपछि परेका छन् । पैसाको तमासा देखाएर जनतालाई लोभ लालचमा पार्ने, भ्रष्टाचार, दलाली र पदको प्रलोभनमा जे पनि गर्न तयार हुने व्यक्तिलाई नेता मान्दा र उनीहरुकै अभिव्यक्तिलाई सधै राम्रो मान्दै गर्दा स्वंयम नागरिक र देशले दुर्घटनाको सामना गर्नु पर्ने बाध्यता सिर्जना भएको हो ।

    नियम कानुन उनैले बनाउने कार्यान्यनको चरणमा सोझा जनतालाई कानुन लाग्ने उनीहरु आफै कुल्चिएर मनोमानी गर्ने प्रवृतिका कारण पनि देशले यिनै अनुहार र यिनै रंगमञ्च मच्चाउनेहरुबाट अब के आशा गर्ने ? नेतामा हुनुपर्ने गुण के यिनै हुन त ?

    आफनो स्वार्थ पुरा भइसकेपछि होस वा स्र्वाथ पुरा नभएपछि आफनै सहपाठी बीचका  विगतका सबै घटनाहरु ओकेल्ने र घिन लाग्दा सुन्न पनि लाज लाग्ने बोलीले गर्दा साँच्चिकै राजनीतिको भरोसा जनतामा मर्दै गइरहेको छ । जनता स्वंयम सचेत नबनुन्जले तिनै अनुहार, यिनै स्वभाव र अनुहारले देशले कोल्टे फेर्ने स्थिति देखिँदैन । विपक्षमा रहेको ठुलो पार्टी नेपाली काँग्रेस सिद्धान्त विहीन एकोहोरा विरोध गरिरहेको छ ।

    भित्री आशय बैसाखमा निर्वाचन भएमा सत्ता आफनो कोल्टामा पर्ने दाउमा रहेको काँग्रेसले सक्रिय कदमका साथ वर्तमान कदमको खवरदारी गर्न सकिरहेको छैन । उ पनि सर्वोच्च अदालतको फैसलाको प्रतिक्षामा छ । आधिकारीक नेकपा आफुहरु रहेको भन्दै आइरहेको प्रचण्ड–माधव समुह प्रधानमन्त्री ओली आफुहरुलाई नहेरेपछि आफ्नै तवरले डम्फु बजाइरहेका छन भने ओलीले सकी नसकी उखान टुक्काका भरमा आफ्नो समर्थन गर्ने नेता कार्यकर्ता जम्मा पारेर उखान टुक्का ठोकी रहेका छन् । त्यति मात्रै होईन प्रचण्ड–माधव समुहको खेदो खन्न छोडेका छैनन् ।  

    उनीहरुका भाषण सुन्दा भित्रभित्रै यतिका धेरै रिस, राग, डाहा रहेछ अनि कसरी मिलेर काम गर्छन त यिनहरुले ? केन्द्रमा भइरहेका यी हाँस्यास्पद गतिविधि केन्द्रमै सिमित भए पनि हुने थियो नी तर गाउँगाउँसम्म यस्तै मजाक र जोक चलिरहेको छ । बेरोजगार हामी युवा तिनै निर्वाचन र यस्तै कार्यक्रममा मात्र देखिने पाहुना नेताहरुको भाषण सुन्न हुलका हुल बजार झर्ने अनी खोक्रो आसवाशनमा आनन्द लिएर मन्द गतिमा यो पीि ठिकै हो, त्यो पनी ठिकै हो भन्दै घर फर्कने परिपाटीको विकास भएको छ ।

    उता नयाँ जोस जाँगर सहित दर्ता भएका केहि नयाँ दलहरु घाम तापेर रमिते बनिरहेका छन् । आखिर जनताको निम्तीिकाम गर्ने को हो त ? पार्टीका सिद्धान्त र विचार हेर्दा कस्को पो नराम्रो होला र तर तिनै नेताहरुको व्यवहार हेरौँ त कस्तो छ ? सर्मथन गर्न लायक, वास्तविक गरिवबका निम्ती के आयो ? वास्तविक कृषकले के पायो ? युवाले के पायो ? बेरोजगारले के पायो ? खोई समृद्धि ?

    यस्तो प्रवृति भइरहँदा अब भन्नुहोस कस्लाई र किन विश्वास गर्ने ? आखिर यो सब सत्ता, स्र्वाथ, पद र आफनो भनेजस्तो नभएपछि भइरहेको रोहिलोमा कहिलेसम्म फस्ने र कहिलेसम्म सुन्ने यस्तो झुठ्ठा आसवाशन ?

     

  • सम्बन्धित विषय:

  • # राजनीति की लाजनीति ?

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार