ढोरपाटन ५ मा नेपाली कांग्रेसको विरोध प्रद्धर्शन

ढोरपाटन ५ मा नेपाली कांग्रेसको विरोध प्रद्धर्शन

  • माघ १७, २०७७ शनिवार
  • १९:०९:४६ बजे
  • 6.8K
    SHARES
  • ढोरपाटन ५ मा नेपाली कांग्रेसको विरोध प्रद्धर्शन

    बिनोद बिश्वकर्मा, बुर्तिबाङ : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरुद्धमा नेपाली कांग्रेसले ढोरपाटन नगरपालिका वडा नम्बर ५ ले विरोध प्रद्धर्शन गरेको छ ।

    विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति दोर्णकुमार कुवँरले कम्युनिस्टहरुले झुटको खेति मात्रै गर्ने तर विकास गर्न नसक्ने आरोप लगाएका छन् ।

    उनले जनतालई ठुलाठुला लोभ देखाए दुई तिहाई बहुमत ल्यायको भन्दै पदको लडाइँले गर्दै पाँच वर्ष नहुँदै संसद विघटन गरेर देशलाई कंगाल बनाउन खोजेको बताए ।

    सभापति कुवँरले स्थानीय सरकारले जनताको आधारभुत विकास निमार्णको कार्यमा सक्रिय नभएको भन्दै आफ्नो नेतृत्वमा, नाथुरी बाहुन गाँउ, घम्पु, घर्तीथोक, निन्नेचौर प्याङखोला लगाएतका ठाउँमा एक घर एक धाराको कार्यक्रम लिएर आउने आवाश्न दिए ।  

    कार्यक्रममा नेपाली कांगे्रस माहाधिवेशन प्रतिनिधि सागर छन्त्याल, नेपाली कांग्रेस बागलुङका संगठन विभाग प्रमुख फम खत्री, जिल्ला सदस्य तथा खेलकुद विभाग प्रमुख शैलेश घर्ती, ढोरपाटन नगर सभापति सालिग्राम शर्मा, नेपाल महिला संघ केन्द्रिय सदस्य दिलमाया पौवीले लगायतले बोलेका थिए ।

    कार्यक्रममा नेपाल कम्युष्टि पार्टी नेकपा, राष्ट्रिय जनामोर्चा तथा अन्य पार्टीबाट करिब एक दर्जन बढी नेपाली कांगेसमा प्रवेश गरेका छन् । 

    कार्यक्रम नेपाली कांग्रेस वडा नम्बर ५ का संयोजक समशेर कुमार कुवँरको अध्यक्ष्ता तथा सदस्य ज्ञन बहादुर क्षेत्रीको स्वागत र नेपाल महिला संघ जिल्ला सदस्य भिमु क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो  ।

    सम्बन्धित समाचार