ईश्वर सुवेदी, गलकाेट : नेपाल महिला संघ बागलुङको बैठक शनिबार गलकोटमा सम्पन्न भएको छ । बैठकमा बोल्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले देशको वर्तमान राजनैतिक अवस्था जटिल परिस्थितीमा रहेको बताए । उनले देशको जटिल परिस्थितीमा नेपाल महिला संघ चुप लागेर बस्न नहुने बताउँदै गम्भिर परिस्थितीलाई सुरक्षित अवतरण गराउन नेपाल महिला संघले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए ।
विकेन्द्रीकरणको अवधारणा अनुुुसार जिल्ला कार्यसमितिको बैठक शनिबार गलकोटमा सञ्चालन भएको बैठकमा जिल्लाका प्रत्येक पालिकामा जिम्मेबारी प्रदान गर्ने निर्णय गरेको छ । बागलुङ जिल्लाका १० वटै स्थानीय तहमा संगठन विस्तार तथा सृदृढिकरण अन्तर्गत नेपाल महिला संघ बागलुङले जिम्मेवारी प्रदान गरेको हो ।
जस अन्तरर्गत बागलुङ नगरपालिकामा पिङगला खड्का काठेखोला गाँउपालिकामा चित्रकला कार्की, जैमिनी नगरपालिकामा भगवति सापकोटा, गलकोट नगरपालिकामा मिना श्रेष्ठ, बडिगाड गाँउपालिकामा कल्पना खरेल, ढोरपाटन नगरपालिकामा रत्ना सेरचन, ताराखोला गाँउपालिकामा चन्द्रकली घर्ति, निसिखोला गाँउपालिकामा किम कुमारी छन्त्याल, बरेङ गाँउपालिकामा पार्वती शर्मा र तमानखोला गाँउपालिकामा मानसरी शेरचनलाई जिम्मेवारी प्रदान गरिएको छ ।
बैठकले शोभा कार्की, मानसरी शेरचन, चन्द्रकली शेरचन र कौशिला विकलाई आमन्त्रित सदस्यमा मनोनित गर्दै नयाँ संरचना अनुसारको समायोजन अन्तरर्गत क्षेत्र नम्बर १ मा हुमा रिजाल क्षेत्र नम्बर २ मा लिलमाया पुन क्षेत्र १ क मा कमला पराजुली, ख मा चन्द्रा शर्मा क्षेत्र नम्बर २ क मा कमला ढकाल, ख मा हिरा कुमारी छन्त्याललाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको छ ।
बैठकले नेपाली काँगेस बागलुङ जिल्ला क्षेत्र नम्बर १ प्रदेश सचिव विकास पौडेल, ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य दुर्गादत्त आचार्यको निधनप्रति शोक प्रस्ताव पारित गरेको नेपाल महिला संघ बागलुङकी अध्यक्ष सकुन्तला शर्माले जानकारी दिईन् । बैठकमा नेपाल महिला संघका केन्द्रीय सदस्य रेनुका काउचा, पार्वती आचार्य, महाधिवेशन प्रतिनिधि मञ्जु शर्मा चालिसे, नेपाली काँग्रेस जिल्ला सदस्य गण्डकी थापा, फम बहादुर खत्री, क्षेत्र नम्बर २ प्रदेश क का सभापति राम बहादुर खत्री नेपाली काँग्रेस गलकोट नगर उपसभापति यज्ञप्रसाद सापकोटा लगायतले बोलेका थिए ।
बैठक नेपाल महिला संघ बागलुङका अध्यक्ष सकुन्तला शर्माको अध्यक्षता र सचिव उषा पौडेलको सम्पन्न भएको थियो । नेपाल महिला संघले जिल्ला सदरमुकाम बाहिर बैठक गर्ने अभियान अन्तर्गत अन्य पालिकाहरुमा पनि क्रमशः बैठक सञ्चालन गर्ने अध्यक्ष शर्माले बताईन् ।
अध्यक्ष शर्माले अब संगठनलाई सुदृढीकरण गर्ने भन्दै हत्या हिंसा बलात्कार र प्रधानमन्त्रीले गरेको संसद विघटनलाई तत्लो तहबाटै बुझाउने बताइन् । उनले प्रतिगका विरुद्धमा पनि महिला संघले तल्लो स्तरबाटै दबाव सिर्जना गर्ने बताइन् ।