बरेङमा नेपाल महिला संघको संगठन सुदृढिकरण अभियान

बरेङमा नेपाल महिला संघको संगठन सुदृढिकरण अभियान

  • बैशाख ५, २०७८ आइतवार
  • ०७:२३:१८ बजे
  • 4.6K
    SHARES
  • बरेङमा नेपाल महिला संघको संगठन सुदृढिकरण अभियान

    बागलुङ : नेपाल महिला बागलुङले आफ्नो संगठन विस्तार र सुदृढिकरणको अभियानलाई तिब्रता पारेको छ । संघले शनिबार जिल्लाको बरेङ गाउँपालिकामा गाउँपालिका स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पुर्व राज्यमन्त्री चम्पादेवी खड्काले महिलाको नेतृत्व विकासका निम्ती संघले संचालन गरेको अभियानले सार्थकता पाएको बताईन ।

    उनले हरेक क्षेत्रका महिलालाई अग्रसर बनाउने र नेतृत्व प्रदान गर्ने संगठन भनेकै नेपाल महिला संघ भएको हुँदा सवै महिलाहरु गोलबद्ध भएर महिला संघमा आबद्ध हुन आग्रह गरिन । संविधान सभा सदस्य समेत रहेकी खड्काले महिलाका हक र अधिकार संविधानमा नै सुनिश्चित भएको हुँदा आफ्ना हक अधिकारका लागि चुलो चौका छाडेर अगाडी बढ्ने पर्ने बताईन ।

    कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य कल्पना हमाल पाठक, नेपाली काँग्रेस बागलुङ क्षेत्र नं. १ (ख) का सभापति नारायण शर्मा पौडेल, काँग्रेसका महाधिवेशन प्रतिनिधि एवं शिक्षक संघ बागलुङका जिल्ला अध्यक्ष उमाकान्त पौडेल,  नेपाली काँग्रेस बरेङ गाउँपालिकाका सभापति तुलसीराम पौडेल,

    शिक्षक संघका जिल्ला सह–सचिव मदन बहादुर कार्की, बरेङ गाउँपालिका वडा नं. ५ सुखौराका वडा अध्यक्ष अमर शेरपुजा, नेपाल महिला संघका जिल्ला सदस्य पार्वती शर्मा, काँग्रेसका क्षेत्रीय सदस्य पुरन पौडेल, शिक्षक संघका सल्लाहकार पुर्ण न्यौपाने, शिक्षक संघ बरेङ गाउँपालिकाका

    संयोजक प्रेम खत्री ज्ञानोदय आधारभुत विद्यालयका पुर्व प्रध्यानध्यापक केयरसिंह थापा,  नेपाल तरुण दल बरेङ गाउँपालिकाका अध्यक्ष समिर थापा, स्थानिय महिला नेतृ देवकला सापकोटा लगायतले बोलेका थिए । कार्यक्रम नेपाल महिला संघ बागलुङका अध्यक्ष शकुन्तला शर्माको अध्यक्षता सचिव भगवती केसीको

    स्वागत र सचिव उषा पौडेलको संचालनमा सम्पन्न भएको थियो ।  भेलाले  राधिका पौडेलको अध्यक्षतमा २१ सदस्यीय नेपाल महिला संघ बरेङ गाउँपालिका गठन गरेको छ । समितिको उपाध्यक्षमा तिर्सना थापा, हिरा थापा, सचिवमा थममायाँ थापा, पार्वती न्यौपाने  सह–सचिवमा चन्द्रकला शर्मा र कोषाध्यक्षमा संगिता थापा रहेका छन । 

    समितिको सदस्यहरुमा सिता शर्मा, सरस्वती आचार्य, सुमन थापा, दिलमायाँ परियार, राजकुमारी खत्री, गंगा थापा विक, मिना क्षेत्री, आशा खत्री, रिमा भण्डारी र लक्ष्मी बोहोरा रहेका छन । बाँकी सदस्य कार्यसमितिले पुन मनोनित गर्ने नेपाल महिला संघका अध्यक्ष शकुन्तला शर्माले जानकारी दिईन । 

    महिला संघले आफ्नो संगठन विस्तार र सुदृढिकरणका लागि हरेक स्थानिय तहमा भेला तथा प्रशिक्षणका कार्यक्रमहरु संचालन गर्दै आएको छ । पछिल्लो समयमा जिल्लामा महिला संघ, तरुणदल र नेविसंघका अभियानले काँग्रेस चलयमान भएको कार्यकर्ताहरु बताउँछन ।

    जैमिनीमा भूपु सैनिक संघको भेला 
    नेपाल भूपु सैनिक संघ बागलुङले जिल्लाको जैमिनी नगरपालिकामा संगठन विस्तार तथा भेला सम्पन्न गरेको छ । भेलालाई सम्बोधन गर्दै जैमिनी नगरपालिकाका नगरप्रमुख इन्द्रराज पौडेलले समाजको आर्थिक गतिविधि माथि पु¥याउनका निम्ती भूपु सैनिकको महत्वपुर्ण भुमिका हुने बताए ।

    पौडेलले भूपु सैनिकको हरेक क्षेत्रमा लामो अनुभव भएका कारण काँग्रेसको संगठन मजबुत बनाउनका निम्ती उनिहरुको नेतृत्व आवश्यक रहेको बताए । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव नवराज पौडेल, सह–सचिव सिताराम रसाईली, काँग्रेसका महाधिवेशन प्रतिनिधि एवं नेविसंघका निवर्तमान

    सह–महामन्त्री हरिहर शर्मा, क्षेत्रीय सभापति विष्णु आचार्य, काँग्रेसका नगर सभापति काशिराम आचार्य, जैमिनी नगरपालिका–१ कुश्मीसेराका वडा अध्यक्ष भुपेन्द्र थापा, वडा नं. २ दमेकका वडा अध्यक्ष लक्ष्मी प्रसाद सापकोटा, वडा नं. ७ जैदीका अध्यक्ष जितबहादुर राना, नेपाल तरुणदलका क्षेत्रीय सभापति दल बहादुर श्रीष,

    एकल महिला संघ बागलुङका अध्यक्ष खड्का कुमारी खड्का, भूपु सैनिकका सल्लाहकार रत्नबहादुर केसी,जिल्ला सदस्य कर्णबहादुर श्रीष नेपाल महिला संघ जैमिनीका अध्यक्ष भगवती सापकोटा लगायतले बोलेका थिए । कार्यक्रम नेपाल भूपु सैनिक संघ बागलुङका अध्यक्ष क्या. हरिबहादुर भण्डारीको

    अध्यक्षत जिल्ला सदस्य धनबहादुर बोहोराको स्वागत र सचिव नरबहादुर किसान संचालनमा सम्पन्न भएको थियो । भेलाले कृष्णबहादुर क्षेत्रीको अध्यक्षतामा १५ सदस्यीय भूपु सैनिक संघ जैमिनी नगर समिति चयन भएको छ । समितिको उपाध्यक्षमा तिलबहादुर छन्त्याल, सचिवमा शंकर सापकोटा सह–सचिवमा विषन बहादुर थापा र कोषाध्यक्ष मानबहादुर थापा क्षेत्री चयन भएका छन । 

     

     

  • सम्बन्धित विषय:

  • # नेपाल महिला संघ

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार