बिनोद बिश्वकर्मा, बुर्तिबाङ : नेपाल महिला संघ बागलुङले संगठन विस्तारलाई तीव्रता दिएको छ । संघले शनिबार ढोरपाटन नगरपलिकामा सम्पन्न भएको छ । संगठन विस्तार तथा सुदृढ बनाउन दश वटै स्थानीय तहमा कार्यक्रम गर्न थालेको हो ।
कार्यक्रममा नेपाल महिला संघका केन्द्रीय सदस्य तथा गलकोट नगरपलिकाकी उपप्रमुख रेनुका काउचाले राज्यका हरेक निकाय र नेपाली कांग्रेसको संगठनमा महिलाको अर्थ पूर्ण सहभागिताको लागि महिलाहरु संगठित हुनु पर्ने बताइन् ।
देशमा पहिलो पटक राष्ट्रति महिला पाउदै गर्दा खुसी भएता पनि अहिलेको असंवैधानिक कार्यमा समंलग्न भएको भन्दै महिला कसैको पछि नलाग्न समेत काउचाले आग्रह गरिन् ।
महिला संघ जिल्ला सदस्य तथा महिला विभाग प्रमुख गण्डकी थापा अधिकारीले महिलाहरु आफ्नो गाउँठाउँमा भएका समस्यहरु लिएर समाधान गर्न अग्रसर हुनु पर्ने बताइन् ।
कार्यक्रममा नेपाल महिला संघ जिल्ला सदस्य दिलमाया पौवी, शिव कुमारी खत्री, लिलमाया पुन लगाएतले बोलेका थिए । महाधिवेशन प्रतिनिधि मञ्जु चालिसेले लगाएतको विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रम नेपाल महिला संघ जिल्ला कार्य समितिका अध्यक्ष सकुन्तला शर्माको अध्यक्षता र जिल्ला सचिव उषा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।