गलकोट : नेपाल महिला संघ बागलुङको संगठन विस्तारलाई तीव्रता दिएको छ । संघले जिल्लाको १० वटै स्थानीय तह र ८५ वटै वडासम्म संगठन विस्तार सुदृढिकरण र प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । जस अन्तर्गत शुक्रबार गलकोट नगरपालिकाबाटमा नगर पालिका स्तरीय प्रशिक्षण कार्यक्रम गरि सुरुवात गरिएको नेपाल महिला संघ बाग्लुङले जनाएको छ ।

नेपाल महिला संघ बागलुङको आयोजना र गलकोट नगरपालिका महिला संघको संयोजन भएको प्रशिक्षण कार्यक्रमलाई गलकोट नगरपालिका प्रमुख भरत शर्माले सम्बोधन गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भरत शर्मा गैरेले नेपाली काङगे्रसलाई मजबुत र बलियो बनाउनका लागि नेपाल महिला संघको अत्यन्तै ठुलो भुमिका रहेको बताए ।

भेला प्रशिक्षणले महिलाहरुमा राजनीतिक, चारीत्रिक र नेतृत्व क्षमताको विकासमा ठुलो सहयोग गर्ने भन्दै सक्षम नेतृत्व चयन गरी सहि मार्गदर्शन गर्नसंघले महत्त्वपुर्ण भुमिका खेल्ने बताए । कार्यक्रममा नेपाल महिला संघ बागलुङका अध्यक्ष सकुन्तला शर्माले कार्यक्रमको उद्देश्यको बारेमा प्रष्ट पार्दै नेपाल महिला संघको बारेमा ईतिहास कालदेखि आजसम्म भएका गतिविधी जानकारी गराइन् ।

कार्यक्रममा नेपालि काङ्गे्रस जिल्ला सदस्य गण्डकि थापाले महिलाहरुलाई प्रशिक्षण गरेकी थिइन् । नेपाल महिला संघका केन्द्रीय सदस्य तथा गलकोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचा, नेपाली काङ्गे्रस महाअधिवेसन प्रतिनिधी मञ्जु शर्मा चालिसे, मञ्जेश बम
मल्ल, शिव कुमारी खत्री, अर्जुन शेरचन र लगायतले मनतव्य राखेका थिए । कार्यक्रम संघका अध्यक्ष सकुन्तला शर्माको अध्यक्षता, सह–सचिव कमला श्रीसको स्वागत तथा सचिव उषा पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
