भूमि समस्या समाधानका लागि १३२ पालिकासँग सम्झौता

भूमि समस्या समाधानका लागि १३२ पालिकासँग सम्झौता

  • मंसिर २७, २०७७ शनिवार
  • १९:४९:१७ बजे
  • 4.2K
    SHARES
  • भूमि समस्या समाधानका लागि १३२ पालिकासँग सम्झौता

    काठमाडौं : भूमि सम्बन्धी समस्या समाधान आयोगले गण्डकी प्रदेशका ३६ वटा पालिकाहरूसँग कार्यसम्झौता गरेको छ ।

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल, आयोगका अध्यक्ष देवी ज्ञवालीको उपस्थितिमा शनिबार पोखरामा आयोजित कार्यक्रममा सम्झौता भएको हो ।


    योसँगै देशभारी कार्यसम्झौता भएका पालिकाको संख्या १३२ पुगेको छ । आयोगका प्रवक्ता भीमबहादुर कार्कीका अनुसार २२ मंसिर यता प्रदेश १ मा २८, प्रदेश २ मा २२ र बागमती प्रदेशका ३२ वटा पालिकासँग सम्झौता गरिएको छ ।

    आयोगले २७ कात्तिकमा सात प्रदेशका दुई(दुई वटा पालिकासँग कार्यसम्झौता गरेको थियो । २८ मंसिरमा लुम्बिनी, ३० मंसिरमा कर्णाली र २ पुसमा सुदुरपश्चिम प्रदेशमा कार्यक्रम गरेर थप पालिकाहरूसँग सम्झौता गरिने प्रवक्ता कार्कीले जानकारी दिए ।

    उनका अनुसार लुम्बिनी प्रदेशमा २४, कर्णालीमा १८ र धनगढीमा १४ वटा पालिकासँग सम्झौता हुन लागेको हो ।

  • सम्बन्धित विषय:

  • # भूमि
  • # सम्झौता

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार