तिलक मगर, बडिगाड : नेपाल कम्युनिष्ट पार्टी नेकपा सम्बद्ध नेपाल दलित मुक्ती मोर्चा संगठन गलकोटले आगामी फाल्गुन १६ गते हुने जिल्ला भेलाको तयारी थालेको छ ।
भेलमा नेपाल दलित मुक्ती मोर्चा संगठनका केन्द्रीय सदस्य डिल बहादुर परियारले दलितलाई संविधानले दिएको अधिकार समानुपातिक प्रतिनिधित्व हुनु पर्ने बताए । उनले आफ्नो हक अधिकारको लागि दलितहरु पनि सजक हुनु पर्ने भन्दै हरेक क्षेत्रमा दलितलाई भ¥याङ बनाएर ठूला जात भनिनेहरु सत्तामा पुग्ने गरेको बताए ।
बैठकले प्रदेश नम्बर २ का प्रमुख तिलक परियारलाइ राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेको प्रति विरोध जनाएको छ । भेलामा जिल्ला कार्यदल सदस्य बिर बहादुर नेपाली, नेकपा गलकोट नगरपालिका ७ का अध्यक्ष
ललित मरासनी, वडा नम्बर ११ अध्यक्ष श्यामलाल विक, नेकपा नगर सचिवालय सदस्य चिन्ता नेपाली, नेकपा गलकोट नगर सचिवालय सदस्य कविराज नेपालीले बोलेका थिए ।
भेलामामा ११ वटै वडाबाट दलित प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बैठकमा दलित मुक्ती मोर्चा संगठन गलकोटको संयोजकमा चिन्ता नेपाली र उपसंयोजकमा कविराज नेपालीलाई सर्वसम्मत रुपमा सिफारिस गरिएको छ ।
बैठकमा नेकपा जिल्ला सदस्य बुल बहादुर केसी, कार्यलय सदस्य कौशिला घर्ती र भिम बहादुर विकले शुभकामना मन्तव्य राखेका थिए । नेकपा नगर कमिटी अध्यक्ष ललित श्रीसको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिव डम्बर श्रीसले गरेका थिए ।