गलकोटको बाँसखोलामा नेपाल तरुण दल वडा कमिति गठन

गलकोटको बाँसखोलामा नेपाल तरुण दल वडा कमिति गठन

  • फाल्गुण १६, २०७७ आइतवार
  • २१:२१:३५ बजे
  • 7.9K
    SHARES
  • गलकोटको बाँसखोलामा नेपाल तरुण दल वडा कमिति गठन

    गलकोट : नेपाल तरुण दल बागलुङले संगठन बिस्तार अभियानलाई तीव्र पारेको छ  । आइतबार  गलकोट नगरपालिका वडा नम्बर ९ मा वडा स्तरिय समिति गठन गरिएको छ । 

    खगेन्द्र मान खत्रीको अध्यक्षतामा ५४ सदस्यीय तरुण दलको गठन गरिएको हो । उपाध्यक्षमा दिलिप खरेल, कृष्ण प्रसाद गौतम, बिदुर खरेल, सचिवमा ईश्वर गौतम, सह सचिव सरस्वती सापकोटा रहेका छन् । 

    त्यस्तै कोषाध्यक्ष कमल खरेल तथा सहकोषाध्यक्ष माधव गौतम रहेका छन् । कार्यक्रममा बोल्दै तरुण दल जिल्ला सदस्य पवन हमालले नेपाल तरुण दलको सिद्धान्त र भावना अनुसार काम गर्न आग्रह गरे । 

    उनलें संगठन निर्माण, दलको नीति तथा निर्देशन अनुसार एकताबद्ध हुदैं देश विकासमा अग्रसर हुन युवाहरुलाई आग्रह गर्दै एकता बिना विकास असम्भव रहेको बताए ।

    कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर २ का पुर्व क्षेत्रीय सभापति घनश्याम गौतम, गलकोट नगर उपसभापति यज्ञ प्रसाद सापकोटा लगाएतले बोलेका थिए । 

    कार्यक्रम तरुण दल गलकोट नगरपालिका वडा नम्वर ९ का निवर्तमान अध्यक्ष चिराग रानाको अध्यक्षता, उपाध्यक्ष मिन बहादुर केसीको स्वागत र सचिव कृष्ण प्रसाद गौतम र ईश्वर गौतमको संचालनमा सम्पन्न भएको थियो ।

  • सम्बन्धित विषय:

  • # नेपाल तरुण दल

  • ईश्वर सुवेदी

    उहाँ बागलुङ पाेस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार