बागलुङ : नेपाल तरुण दल बागलुङले संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ । संगठन बिस्तार अभियान अन्तरगत शनिबार निसीखोला गाउँपालिका ७ राजकुतमासमिति गठन गरेको छ ।
तिलक कुँवरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ । उपाध्यक्षमा शेरबहादुर कुँवर, गोविन्द दमाई, सचिवमा गिरीजा कुँवर, सह–सचिवमा पूर्ण प्रसाद श्रेष्ठ र कोषाध्यक्षमा हिमशिला खत्री कुँवर चयन भएका छन् । अन्य सदस्यहरु रहेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस बागलुङ सदस्य प्रकाश कुँवर, नेपाल तरुण दल बागलुङ सदस्य हेमराज सापकोटा र नेपाली कांग्रेस निसीखोला ७ राजकुत सभापति दिपक कुँवरको लगायतको सहभागिता रहेको थियो ।