बागलुङ : नेपाली काँग्रेसको भातृ संस्था नेपाल तरुणदल बागलुङले जिल्ला व्यापी संचालन गरेको तरुण जागरण अभियान शुक्रबार जिल्लाको काठेखोला गाउँपालिका–७ रेशमा सम्पन्न भएको छ ।
गाउँगाउँमा तरुण युवाहरुको नेतृत्व विकास गर्ने र संगठनलाई मजबुद बनाउने उद्देश्यले संचालन गरिएको अभियानकै क्रममा भेला तथा नयाँ नेतृत्व पनि चयन गरिएको छ ।
कार्यक्रममा बोल्दै नेपाल तरुणदल बागलुङका अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’ युवाहरु हरेक क्षेत्रमा अग्रसर हुनुपर्ने बताए । उनले तरुणदल नेपाली काँग्रेसको सहयात्री भएका कारण पार्टी नेतृत्व सँगै निरन्तर साथमा रहेको बताए ।
शर्माले जिल्लाका सबै तरुण युवाहरुलाई एकत्रित र संगठित गर्नका निम्ती तरुण जागरण अभियान संचालन गरेको जानकारी गराए ।
कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हरिहर शर्मा र नेपाल तरुणदलका उपाध्यक्ष गोविन्द बहादुर पौडेल ‘गोपाल’ ले जिल्लामा तरुण युवाहरुलाई संगठित बनाउन संचालन गरिएको जागरण अभियानले युवालाई थप ससक्त बनाउने बताए ।
कार्यक्रममा काठेखोला गाउँपालिका–१ का वडा अध्यक्ष तथा नेविसंघ बागलुङका अध्यक्ष खड्क थापा, नेपाली काँग्रेस रेशका सभापति प्रेमबहादुर कार्की, निवर्तमान सभापति जगन्नाथ गौतम, नेपाल तरुणदल बागलुङका जिल्ला सदस्य ओमकार पौडेल, तरुणदल काठेखोलाका अध्यक्ष हरि सापकोटा,
वडा अध्यक्षका प्रत्यासी नारायण कार्की नेपाल महिला संघ काठेखोलाका अध्यक्ष चित्रकला कार्की लगायतले जागरण अभियानले काँग्रेसको संगठन मजबुत बनाउन सहयोग पुगेको बताए ।
कार्यक्रम नेपाल तरुणदल काठेखोला–७ का अध्यक्ष मिनसागर गुरुङको अध्यक्षता काठेखोला गाउँपालिकाका कोषाध्यक्ष नरबहादु कुँवरको स्वागत र रमेश जिसीको संचालनमा सम्पन्न भएको थियो ।
भेलाले क्षेत्रबहादुर कार्कीको अध्यक्षतामा १९ सदस्यीय नेपाल तरुणदल रेशको नयाँ नेतृत्व चयन गरेको छ । समितिको उपाध्यक्षमा चन्द्रकली थापा र रविन कार्की रहेका छन भने
सचिवमा रमेश जिसी, सह– सचिवमा सागर जिसी र कोषाध्यक्षमा देवन्द्र मल्ल रहेका छन । तरुणदलले जिल्लाका ८५ वटै वडामा आफ्नो संगठन विस्तार गर्नका निम्ती नै जागरण अभियान संचालन गरेको बताएको छ ।