गलकोटमा तरुण दलको स्वागत कार्यक्रम

गलकोटमा तरुण दलको स्वागत कार्यक्रम

  • चैत्र ६, २०७७ शुक्रवार
  • ०७:०६:४० बजे
  • 5.0K
    SHARES
  • गलकोटमा तरुण दलको स्वागत कार्यक्रम

    गलकोट : गलकोट नगरपालिमा नवगठित तरुणदलको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले  नवगठित नेपाल तरुण दलका सदस्यहरुलाई स्वागत गर्दै तरुण दल नेपाली काँग्रेसको आधार स्तम्भ भएको बताए ।

    गैरेले तरुण दललाई सक्रिय बनाई राख्नको लागि युवाहरु एकजुट हुनुपर्नेमा जोड दिँदै गेरेले लोकतन्त्र र प्रजातन्त्रको मर्म, आधार र सिद्धान्तलाई आत्मसाथ गर्दै सबैको माझमा तरुण युवाहरु लोकप्रिय हुनुपर्ने बताए । स्थनीय तहको निर्वाचनमा तरुण दलको भुमिका अत्यन्तै महत्वपुर्ण रहेको भन्दैं आगामी दिनमा पनि साथ र सहयोग रहने आशा व्यक्त गरे ।

    उनले जनप्रतिनिधिहरु तरुणको साथमा रहेको समेत बताए । कार्यक्रमको अवसरमा गलकोट नगरपालिकाकी नगर उप प्रमुख रेनुुका काउचा मगरले तरुण युवाको उल्लेखनीय सहभागिताले आफुहरु थप उर्जाशिल भएको बताइन् । आगामी दिनमा पनि नेपाली काँग्रेसलाई थप मजबुत बनाउन तरुण नेतृत्व लगायत जनप्रतिनिधिहरु सँगसँगै सहकार्य गर्नुपर्ने उनको भनाई छ ।

    कार्यक्रममा महाधिबेशन प्रतिनिधि मञ्जु शर्मा चालिसे, जिल्ला सदस्य राम प्रसाद वि.क लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम नेपाल तरुण दल गलकोट नगर सभापति गोरख भण्डारीको अध्यक्षता नेपाली काँग्रेस नगर सभापति एवम् गलकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नारायणध्बज मल्लको स्वागत र सचिव चिराग रानाको सञ्चालनमा सम्पन्न भएको थियो  । गलकोट नगरपालिकामा गत फागुन १९ गते नेपाल तरुण दल गलकोटको पुर्नगठन गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # नेपाल तरुण दल

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार