गलकोट नगरमा नेपाल तरुण दलको गठन

गलकोट नगरमा नेपाल तरुण दलको गठन

  • फाल्गुण २०, २०७७ बिहिवार
  • ०८:०६:४४ बजे
  • 4.7K
    SHARES
  • गलकोट नगरमा नेपाल तरुण दलको गठन

    गलकोट : नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले गलकोटमा संगठन विस्तार गरेको छ । गलकोट नगरपालिकाको सबै वडामा समिति गठन गरेपछि नेपाल तरुण दलले गलकोट नगर स्तरीय समिति समेत गठन गरेको हो ।

    नगर समितिको गठन कार्यक्रममा बोल्दै नेपाल तरुण दल बागलुङ जिल्ला अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’ल नेपाली कांग्रेसको मेरुदण्ड नेपाल तरुण दल रहेकोले यसलाई युवा तरुणले नै  मजबुत बनाउनु पर्ने बताए । उनले तरुण दल बलियो हुँदा नेपाली कांग्रेस बलियो हुने भन्दै तरुणको भूमिकालाई सही मुल्याङ्कन गर्नु पर्नेमा जोड दिए । 

    नगर भेलाले सर्वसहमत रुपमा पुन गोर्ख भण्डारीको अध्यक्षतामा ३५ सदस्यीय गलकोट नगर समितिको चयन छ । कमिटिको उपाध्यक्षमा केहरसिंङ खत्री, बाबुराम केसी, सचिवमा चिराग राना, कोषाध्यक्षमा राम बहादुर खत्री र सह–सचिवमा इन्द्रा रकाउचा र पदम गौतम  रहेका छन् ।

    कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर २ बागलुङ प्रदेश (क) का प्रत्यासी उम्मेद्वार मन्जेश बम मल्ल, जिल्ला संगठन विभाग प्रमुख फम बहादुर केसी, महाधिवेशन प्रतिनिधी मन्जु शर्मा चालिसे, तरुण दल जिल्ला कोषाध्यक्ष देबेन्द्र घर्ती, तरुण दल महाधिवेशन प्रतिनिधी शिव कुमारी खत्री,

    नेपाली कांग्रेस गलकोट नगर सभापति नारायणध्वज मल्ल, गलकोट नगर उप–सभापति यज्ञ प्रसाद सापकोटा, गलकोट नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष वीरजंग भण्डारी, नेपाल महिला संघ क्षेत्र नम्बर २ प्रदेश (क)का अध्यक्ष कमला ढकाल लगाएतले बोलेका थिए ।  

    कार्यक्रम नेपाल तरुण दल गलकोट नगर अध्यक्ष गोर्ख भण्डारीको अध्यक्षता, जिल्ला  सदस्य पवन हमालको स्वागत तथा जिल्ला सचिव नबिन शेरचनको संचालनमा सम्पन्न भएको थियो  ।

  • सम्बन्धित विषय:

  • # नेपाल तरुण दल

  • ईश्वर सुवेदी

    उहाँ बागलुङ पाेस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार