ईश्वर सुवेदी
गलकोट : जिल्लाको सबैभन्दा बढि आप्रवासनमा रहेको ठाउँको हो गल्कोट ।
यही कुरालाई मध्येनजर गर्दै सुरक्षित आप्रवासन परियोजना सामीको आयोजनामा गलकोटमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सकेसम्म स्वदेशमै रोजगारी गर्ने र नसके सुरक्षित विदेशमा जान सघाउने कार्यक्रम हो सामी ।
कार्यक्रमको अवसरमा बोल्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जनताको सबै भन्दा बढि बिश्वास स्थानीय सरकारमा रहेको बताउनुभयो ।
उहाँले जनताले अन्तीम उत्तरदायि सरकारको रुपमा स्थानीय सरकारलाई लिने गरेको बताउदैं जनताको आशा र भरोशा स्थानीय सरकारलाई गर्ने गरेको बताउनुभयो ।
उहाँले सुरक्षित आप्रवासन कार्यक्रमलाई गलकोट नगरपालकाका सबै वडाहरुमा संचालन गर्न आँउदो हिउदे अधिबेशनमा कार्यपालिकामा छलफल गरि आवश्यकताका आधारमा बजेटको ब्यबस्था गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
नेपाल सरकार र स्वीस सरकार बिच भएको दुई पक्षिय सम्झौता र सुरक्षित आप्रवासन परियोजना सामी,
हेल्भेटसको प्राबिधीक सहयोग एबं गलकोट नगरपालिकाको नेतृत्वमा स्थानीय सेवा प्रदायक सस्था बिवाईसी बागलुङद्वारा संचालीत सुरक्षित आप्रवासन परियोजना सामी अन्तरर्गत कार्यपालिका सदस्यहरुलाई अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।
गलकोट नगरपालिका कार्यपालिकाका सदस्यहरुलाई सामी गण्डकी प्रदेश संयोजक उमाकला शर्माले सुरक्षित आप्रावसन कार्यक्रमको आवश्यकता, उदेश्य, बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पर्ने समस्या र सहजिकरण लगाएतका बिषयमा सहजिकरण गर्नुभएको थियो ।
सामी परियोजना जिल्लामा बागलुङ नगरपालिका, गलकोट नगरपालिका, जैमिनि नगरपालिका, काठेखोला गाँउपालिकामा संचालन गरिएको छ भने देशभर ३९ जिल्लामा संचालनमा रहेको छ ।
गलकोटमा वडा नम्वर २, ३, र ११ मा सामी परियोजना संचालनमा रहेको छ ।
कार्यक्रममा भिमापोखरा युवा क्लब बिवाईसीका अध्यक्ष मणिभद्र शर्मा, गलकोट नगरपालिकाका प्रमुख
प्रशासकिय अधिकृत हरि प्रसाद शर्मा, गलकोट नगरपालिका वडा नम्वर ३ का अध्यक्ष वीरजंग भण्डारी, कार्यपालिका सदस्य कमला ढकाल लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रम गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेको अध्यक्षता,
प्रशासकीय अधिकृत तुल बहादुर बिकको संचालनमा सम्पन्न भएको थियो ।