'जो भए पनि काँग्रेसकै मान्छे प्रधानमन्त्री हुने हो'

'जो भए पनि काँग्रेसकै मान्छे प्रधानमन्त्री हुने हो'

  • फाल्गुण २०, २०७७ बिहिवार
  • ०७:३४:१६ बजे
  • 4.0K
    SHARES
  • 'जो भए पनि काँग्रेसकै मान्छे प्रधानमन्त्री हुने हो'

    काठमाडाैँ : नेपाली काँग्रेसका शीर्ष नेतृत्व  तहमा  सरकारमा  जाने  नजाने  विषयमा मत बाझिएको छ । पार्टी सभापति शेरबहादुर  देउवाले  अवसर  पाए  सरकारको  नेतृत्व गर्ने अभिमत दिइरहँदा वरिष्ठ नेता रामचन्द्र पौडेलले भने  काँग्रेसलाई  जनादेश  प्रतिपक्षकै  रहेकाले  सरकारमा  जान  नहुने  बताएका छन् ।

    पूर्व सांसद एकनाथ रानाभाटको बुधबार परेको  दसौँ  स्मृति  दिवसमा  आयोजित  श्रद्धाञ्जलि सभामा सभापति देउवाले काँग्रेस जिम्मेवारीबाट नभाग्ने स्पष्ट पारे । “मरिहत्ते गर्दै  खोजिँदैन  ।  प्रधानमन्त्री  नै  चाहिने लोभ पनि छैन । अवसर पाए छाडिँदैन । भाग्ने पनि हैन होला”,  उनको  स्पष्ट  भनाइ  थियो,  “मुलुकलाई  कसै  न  कसैले अगाडि  बढाउनुपर्छ  ।  

    अहिलेको  अवस्थामा  अवसर  पाए  काँग्रेसले  नेतृत्व  गरेर  अगाडि बढ्नुपर्छ ।”“प्रधानमन्त्री पाउँ पनि भनेको छैन  ।  आयो  भने  भाग्नेवाला  छैन । त्यसको फाइदा पार्टीलाई नै  होला  ।  म  प्रधानमन्त्री  भएँ  भने  पक्कै  रामचन्द्रजी  पनि  खुसी  हुनुहोला”,  वरिष्ठ  नेता रामचन्द्र पौडेलप्रति लक्षित गर्दै देउवाले भने,  “जो  भए  पनि  काँग्रेसकै  मान्छे  प्रधानमन्त्री हुने हो ।

    यसमा रामचन्द्रजीले सानो चित्त गर्नुहुन्न होला ।” यो समाचार आजको गोरखापत्र दैनिकमा वसन्त पराजुली र सञ्जयकुमार मिश्रले लेखेका छन् । 

    सम्बन्धित समाचार