बरेङ गाँउपालिकाले एक वडा एक प्राथमिक पुस्तकालय निर्माण गर्ने

बरेङ गाँउपालिकाले एक वडा एक प्राथमिक पुस्तकालय निर्माण गर्ने

  • मंसिर २९, २०७७ सोमवार
  • ०८:०८:१७ बजे
  • 4.4K
    SHARES
  • बरेङ गाँउपालिकाले एक वडा एक प्राथमिक पुस्तकालय निर्माण गर्ने

    बरेङ : बरेङ गाँउपालिकाले एक वडा एक प्राथमिक पुस्तकालय निर्माण गर्ने भएको छ ।

    पालिकाका ५ वटै वडामा आवश्यकताको आधारमा प्राथमिक विद्यालय छनोट गरि  पुस्तकालय स्थापना गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले जानकारी दिए ।

    पुस्तकालय स्थापनाका लागि गाउँपलिकामा २० हजार लागत बराबरको प्रस्ताव माग गरेको हो ।

    शैक्षिक क्षेत्रलाई प्रबिधिमैत्री तथा बालबालिकामैत्री बनाउँदै आएको गाउँपालिकाले एकपछि अर्को नयाँ अवधारणा शैक्षिक सुधारमा लागेको छ ।

    गाँउपालिकाले प्राथमिक तहका विद्यालयलाई लक्षित गर्दै शिक्षक तथा विद्यार्थीको ज्ञानको दायरा थप फराकिलो बनाउन र उनीहरुलाई स्वअध्यनमा केन्द्रित गर्नका लागि सहज हुने थापाले बताए ।

    ‘पुस्तकालय स्थापनापछि विद्यार्थी तथा शिक्षकहरुलाई स्वअध्ययन गर्न र बालबालिकालाई पढाई तिर आकर्षित गर्ने सघाउ पु¥याउने छ,’ प्रमुख प्रशासकीय अधिकृत थापाले भने ‘हामीले सबै वडामा केही विद्यालय छनोट गरेर आवश्यकताको आधारमा स्थापना गर्ने योजना छ ।’

    पुस्तकालय सञ्चालनका लागि पालिकाले निर्धारण गरेको मापदण्ड पुरा गरेको हुनु पर्ने छ ।  

    सम्बन्धित समाचार