बरेङ गाँउपालिकाको नयाँ अभ्यास : प्रध्यापकहरुले सामुदायिक विद्यालयमा अध्यापन गराउने

बरेङ गाँउपालिकाको नयाँ अभ्यास : प्रध्यापकहरुले सामुदायिक विद्यालयमा अध्यापन गराउने

  • पौष ६, २०७७ सोमवार
  • ०८:५९:१३ बजे
  • 9.4K
    SHARES
  • बरेङ गाँउपालिकाको नयाँ अभ्यास : प्रध्यापकहरुले सामुदायिक विद्यालयमा अध्यापन गराउने

    बरेङ : बरेङ गाँउपालिकाको एक मात्रै क्याम्पस सर्वोदय क्याम्पसका प्रध्यापकहरु अबको ३ महिना नमुना कक्षा शिक्षणका लागि सामुदायिक विद्यालयमा पुग्ने भएका छन् ।

    बरेङ गाउँपालिका र सर्वाेदय क्याम्पस हुग्दिशिर बिच प्राध्यापक नमुना कक्षा शिक्षणको लागि समझदारी भएपछि नमुना कक्षा शिक्षणका लागि प्रध्यापकहरु सामुदायिक विद्यालय पुग्ने भएका हुन् ।

    बरेङ गाँउपालिका भरिका ७ माध्यमिक र २ आधारभुत विद्यालय गरि ९ सामुदायिक विद्यालयहरुमा क्याम्पसका प्रध्यापकहरु पुगेर कक्षा ६ र ७

    का विद्यार्थीहरुलाई नेपाली, अग्रेजी र सामाजिक विषय मध्ये आवश्यकताको आधारमा कुनै दुई विषय अध्यापन गराउने छन् ।

    कार्यक्रमले विद्यार्थीको क्षमता अभिबृद्धि गर्ने तथा उनीहरुको पढाईको गुणस्तरमा अभिबृद्धि हुनुका साथै समग्र विद्यालयको शैक्षिक गुणस्तर सुधारमा टेवा पु¥याउने अपेक्षा लिईएको क्याम्पस प्रमुख फुलकुमारी शर्माले बताइन् ।

    समझदारी पत्र अनुसार पौष, माघ र फागुन गरि ३ महिना कार्यक्रम सञ्चालन हुने बरेङ गाँउपालिकाका शिक्षा अधिकृत सूर्य प्रसाद शर्माले बताए ।

    शर्माका अनुसार प्रध्यापकहरुले नमुना कक्षा शिक्षण गर्नुका साथै  विद्यालयको समस्या पहिचान गर्ने र समस्याको समाधानका लागी पालिकामा सुझाब समेत दिने छन् ।

    कार्यक्रमको विषयमा आवश्यक समन्वय गर्नका लागि सम्पुर्ण विद्यालयलाई परिपत्र गरिसकेको शर्माको भनाई छ ।

    क्याम्पस, विद्यालय र  गाउँपालिकाको भूमिका छुट्टा छुट्टै हुने गरि पालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत रमेश थापा र सर्वोदय क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख फूलकुमारी शर्माले  गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी पुनको रोहवरमा समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

    बरेङ गाँउपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि नयाँ नयाँ अभ्यास गर्दै आईरहेको छ । नमुना शिक्षण कार्यक्रम तत्कालका लागि परिक्षणको रुपमा लागु गरिएको र प्रभावकारी भएमा निरन्तरता दिईने प्रमुख प्रशासकिय अधिकृत रमेश थापाले बताए ।

  • सम्बन्धित विषय:

  • # बरेङ गाँउपालिका
  • # सामुदायिक विद्यालय
  • # अध्यापन

  • दिपेन्द्र परियार

    उहाँ बागलुङ पोस्टको संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार