अब बरेङ गाउँपालिकाको बस्ती बस्तीमा स्वास्थ्य सेवा

अब बरेङ गाउँपालिकाको बस्ती बस्तीमा स्वास्थ्य सेवा

  • मंसिर २९, २०७७ सोमवार
  • १९:३०:२५ बजे
  • 5.2K
    SHARES
  • अब बरेङ गाउँपालिकाको बस्ती बस्तीमा स्वास्थ्य सेवा

    दिपेन्द्र परियार, बरेङ
    बरेङ गाउँपालिकाले दुरदराजका बस्तीहरुमा स्वास्थ्य सेवा पु¥याउन थालेको छ ।

    गाँउपालिकाले विभिन्न वडाका बस्तीमा आवश्यकता पहिचान गरि स्वास्थ्य इकाई स्थापना गर्न थालेको हो  । चालु आर्थिक वर्षमा ४ ठाँउमा स्वास्थ्य इकाई स्थापना गरेर सेवा प्रवाह गर्न लागेको गाउँपालिकाले सोमबार वडा नम्बर १ लुग्रुङमा सामुदायिक स्वास्थ्य ईकाईको स्थापना गरेको छ ।

    स्वास्थ्य इकाइको स्थापनाको अवसरमा बोल्दै गाँउपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले सामाजिक एकता बिना विकास निर्माण सम्भव नभएको बताए ।

    बरेङका जुनसुकै बस्तीका बस्ने नागरिकहरु स्वास्थ्य सेवा लिनका लागि आधा घण्टाभन्दा बढि हिड्नु नपर्ने भन्दै पालिकाका स्वास्थ्य संस्थाबाट प्राप्त हुने औषधी स्वास्थ्य ईकाईमा उपलब्ध हुने हुदाँ ढुक्क भएर सेवा लिन शर्माले आग्रह गरे ।

    बरेङ गाँउपालिका स्वास्थ संयोजक पदम बहादुर पुनले दुर्गम स्थानका आम नागरिकले पनि स्वास्थ लाभ लिन सक्ने गरि ल्याईएको योजनामा सबै नागरिक हातेमालो गर्दै साथ सहयोग गर्नु पर्ने बताए । 

    आर्थिक वर्षमा नै स्वास्थ सेवा भवन निर्माणको काम पुरा गर्ने लक्ष्य सहित प्रकृया अगाडी बढाईएको पुनले बताए । स्वास्थय ईकाईलाई स्थायी रुपमा सञ्चालन गर्नका लागि समुदायको महत्व पूर्णभूमिका हुने पुनको भनाई छ ।

    कार्यक्रममा समाजसेवी चित्र बहादुर केसीले जनताले चाहे अनुसारको विकास हुदै गैरहेको भन्दै गाँउपालिकाको प्रशंसा गरे ।

    तत्कालका लागि सामुदायिक भबनबाट स्वास्थ सेवा प्रदान भए पनि व्यवस्थित स्वास्थ्य ईकाईको भवन निर्माणका लागि जग्गा उपलब्ध भैसकेको र अब इकाईका नाममा पास गर्न मात्रै बाँकी रहेको बताए ।

    बरेङ गाँउपालिका वडा नम्बर १ का अध्यक्ष नरसेङ पुनले माहामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण हुन सक्ने सम्भाबनालाई मध्यनजर राख्दै पालिकाले ५ शैयाको कोभिड अस्पताल निर्माण गरिएको बताए ।

    गाउँपालिकामा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न १० शैयाको आधारभुत अस्पताल निर्माणमा पालिका लागि रहेको छ ।

    स्वास्थ्य ईकाइबाट अहेव शर्मिला श्रीस पुन र अनमी नविना थापाले त्यस क्षेत्रका नागरिकहरुलाई स्वास्थ सेवा प्रदान गर्ने छन् ।  अहिलेसम्म झण्डै २ घण्टा हिडेर स्वास्थ्य सस्थामा जानुपर्ने बाध्यताको अन्त्य भएकोमा स्थानीयले खुसी व्यक्त गरे ।

    यस स्वास्थ ईकाईबाट बरेङ गाँउपालिका वडा नम्बर १ का लुग्रुङ, कोकल्दिप, जैमिनीको नेवारे, छोटाडाडा, लामाडाडा किटेनी, नाम्दुक लगाएतका नागरिकले सेवा लिन सहज हुने छ ।

    कार्यक्रम शिक्षक थुमराज ढुङगानाको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार