बरेङ : बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले शिक्षकहरुको योगदानले शैक्षिक क्षेत्रमा बरेङ गाउँपालिकाले शैक्षिक क्षेत्रमा महत्वपुर्ण उपलब्धी हाँसिल गर्न सफल भएको बताएका छन् ।
बरेङ गाँउपालिकामा शिक्षक झोला एवं लोकसेवा आयोग तयारी पुस्तक वितरण कार्यक्रममा बोल्दै शर्माले विकासको मापन भनेको मानव संसाधन भएको भन्दै चेतना स्तरको विकास नहुदासम्म कुनै पनि विकास हुन नसक्ने बताए ।
बरेङ गाँउपालिकाका सामाजिक विकास समितिका संयोजक नर बहादुर विकले गाँउपालिकाले पास गरेको नीतिलाई सक्षम र सबल रुपले कार्यान्वयन गर्न विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक समिति तथा प्रधानध्यापक र सम्पुर्ण शिक्षकहरुको महत्वपुर्ण सहयोग र समर्थन रहेको बताए ।
विद्यालयमा अध्यापन गराइरहेका अग्रज शिक्षकहरुको लामो अनुभव र भरखरै नयाँ नयाँ प्रविधीको ज्ञान लिएर अध्यापन गराउन आएका शिक्षकहरुको नयाँ अनुभवलाई संयोजन गरेर गाउँपालिकाको समग्र शैक्षिक गतिबिधिलाई संचालन गर्न सके समृद्ध गाँउपालिकाको सपना पुरा हुने बताए ।
शिक्षा क्षेत्र कमजोर हुनु भनेको सामाजिक संरचनानै कमजोर हुने भन्दै एकजाना शिक्षकले राम्रोसँग अध्यापन नगराउँदा त्यसको क्षति समग्र राष्ट्रले बेहोर्नु पर्ने बिकको भनाई छ ।
प्रधानध्यापकहरुको बैठकले आउदो माघमा दोस्रो त्रैमासिक परिक्षा सञ्चालन गर्ने, स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि शिक्षा अधिकृत सुर्य प्रसाद शर्माको संयोजकत्वमा ७ सदस्यिय समिति गठन गरिएको छ ।
सम्पुर्ण शिक्षकहरुलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा निर्माण गरिएको ‘ई–क्लास’ नेपाल मोबाईल एप्स प्रयोग गर्ने बिधि सिकाईएको छ ।
कार्यक्रममा सबै विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रम, शैक्षिक नीति निर्माण, अतिरिक्त कक्षा सञ्चालन आधारभुत प्रयोगात्मक कम्प्युटर कक्षा सञ्चालन लगाएतका विषयमा प्रधानध्यापकहरु, जनप्रतिनिधि तथा कर्मचारीहरुका बिच विशेष छलफल समेत भएको थियो ।
पलिका भित्रका सम्पुर्ण शिक्षक कर्मचारी, सामुदायिक सिकाई केन्द्रका परिचारिका, गाँउपालिका शिक्षक, बाल शिक्षक लगाएतलाई शैक्षिक प्रयोजनका लागि कक्षाकोठामा शैक्षिक सामाग्री सहित प्रवेश गर्नका लागि शिक्षक झोला वितरण गरिएको छ ।
कक्षा १० मा अध्यान गर्ने सम्पुर्ण बालबालिकाहरुका लागि विद्यालयको पाठ्यक्रमलाई पनि सहयोग पु¥याउने र लोक सेवा आयोग पर्ति तयारी गर्नका लागिी समेत सहयोगी पुस्तक समेत हस्तान्तरण गरियो ।
कार्यक्रमको अबसरमा २ जना नवनियुक्त प्रधानध्यापकहरुलाई सम्मान गरिएको छ । सम्मानित हुने प्रधानध्यापक मा ज्ञानोद्धय आधारभुत बिद्यालयका प्रधानध्यापक मदन बहादुर कार्कि,र बालज्योत प्राथमिक विद्यालयका प्रधानाध्यापक निर्मला आर्चाय रहनु भएको छ ।
नवनियुक्त प्रधानध्यापकहरुले विद्यालयमा शैक्षिक सुधारका लागि बनाएका कार्य योजनाहरु समेत प्रस्तुत गरेका थिए ।