गलकोटमा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको समिति गठन

गलकोटमा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको समिति गठन

  • फाल्गुण २९, २०७७ शनिवार
  • १९:०२:२३ बजे
  • 6.3K
    SHARES
  • गलकोटमा नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको समिति गठन

    बागलुङ : नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघको जिल्ला बैठक गलकोटमा सम्पन्न भएको छ । बैठले नगरपालिका स्तरिय कमिटि गठन सम्पन्न भएको छ ।  कार्यक्रममा गलकोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचाले पशु प्राविधिकहरुलाई सरकारले चासो नदिएको बताइन् । उनले संघले प्राविधिकहरुको हक अधिकार र उनीहरुको समस्या समाधान गर्नको लागि आवाज उठाउनु पर्ने बताइन् । 

    कार्यक्रममा नेपाली कांग्रेस गलकोट नगर सभापति नारायणध्वज मल्ल, सचिव विरजंग भण्डारी, नेपाल महिला संघ गलकोट नगर सभापति मिना श्रेष्ठ, नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघका केन्द्रीय सदस्य हरिदत्त सुवेदी लगायतले बोलेका थिए ।  बैठकले शिव आचार्यको अध्यक्षतामा १७ सदस्यीय नेपाल पशु प्राविधिक संघ गलकोट नगर समिति गठन गरेको छ । 

    समितिको उपाध्यक्षमा सन्त बहादुर भण्डारी, सचिवमा बाबुराम पौडेल, कोषाध्यक्षमा गिता मल्ल, सह सचिवमा मेनुका गौतम र अन्य सदस्य रहेका छन् । बैठकले नेपाल पशु सेवा प्राविधिक संघ बागलुङको सचिवमा रिक्त रहेको पदमा बसन्त गौतलाई नियुक्ति गरेको छ । कार्यक्रममा २ जना पूर्व प्राविधिक रुद्रमणि शर्मा र ईन्द्र मणि चालिसेलाई सम्मान गरिएको थियो । 

    कार्यक्रम नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ बागलुङका अध्यक्ष कृष्ण प्रसाद ढकालको अध्यक्षता, नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ बागलुङका पूर्व अध्यक्ष फडयन्द्र चापागाईको स्वागत र सदस्य बलराम अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

  • सम्बन्धित विषय:

  • # गलकोट

  • ईश्वर सुवेदी

    उहाँ बागलुङ पाेस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार