गलकोट : गलकोट नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम अन्तर्गत विद्यार्थिसंग नगरप्रमुख/उपप्रमुख कार्यक्रम शुरु भएको छ ।
बालमैत्री स्थानीय शासन नगरसमितिको बैठकको निर्णय अनुसार सुरु भएको कार्यक्रम सोमबार गलकोट नगरपालिका वडा नम्बर ८ को जनजागृति माद्यमिक विद्यालयमा सम्पन्न भएको हो ।
कार्यक्रममा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुसंग प्रत्यक्ष रुपमा अन्तरक्रिया गर्दै बाल मैत्री नगर घोषणा कार्यक्रमको बारेमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए।
गलकोट नगरपालिकालाई २०७८ पौष मसान्त भित्र बामैत्री नगर घोषणा गर्ने कार्यक्रम अन्तर्गत त्यसका लागि आवश्यक पर्ने विभिन्न सुचकाङ्कहरुको वारेमा विद्यार्थिलाई जानकारी गराउदै किशारेअवस्थाका विद्यार्थिहरुले खेल्नुपर्ने भुमिकाको बारेमा समेत जानकारी गराए ।
कार्यक्रममा गलकोट नगरपालिकाका प्रशासकिय अधिकृत राजन कँडेलले बालमैत्री स्थानिय शासन कार्यक्रमको औचित्य र उद्देश्य वारे विद्यार्थीहरुलाई सहजिकरण गगरेका थिए । कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष राम प्रसाद कडेल लगायतले कार्यक्रमको बारेमा प्रष्ट पारेका थिए ।
कार्यक्रमको अवसरमा राष्ट्रिय युवा परिषद् र सामाजिक विकास मन्त्रालयको आयोजनामा गण्डकी प्रदेश स्तरीय युवा लेखन प्रतियोगितामा द्धितिय हुन सफल जनजागृति माद्यमिक विद्यालयकि छात्रा समिक्षा शाहिलाई सम्मान गरिएको थियो ।
सोहि अवसरमा नगरप्रमुख गैरेले समिक्षा शाहिलाई प्रोत्साहन स्वरुप गलकोट नगरपालिकाको तर्फवाट नगद रु ५ हजार प्रदान प्रदान गरेका थिए ।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष वेदिलाल सापकोटाको अध्यक्षता, प्रधानाध्यापक तेजेन्द्र वुढाथोकिको स्वागत तथा शिक्षक मानसिंह थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।
विद्यार्थीसंग नगरप्रमुख/उपप्रमुख कार्यक्रम गलकोट नगरपालिकाका सम्पुर्ण माद्यमिक तहका विद्यालयहरुमा सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।