विश्वकै लामो झोलुङ्गे पुलको नाम छनौट गर्न समिति

विश्वकै लामो झोलुङ्गे पुलको नाम छनौट गर्न समिति

  • चैत्र ४, २०७७ बुधवार
  • १८:२७:०२ बजे
  • 6.6K
    SHARES
  • विश्वकै लामो झोलुङ्गे पुलको नाम छनौट गर्न समिति

    बागलुङ : सिंगल स्पान प्रबिधिमा बनेको संसारकै लामो पुलको नामाकरणका लागि पेश भएका नामहरुबाट उत्कृष्ट नाम छनौटका लागि बागलुङ नगरपालिकाले छनौट समिति गठन गरेको छ ।

    बागलुङ नगरपालिका–१ बाङ्गेचौरबाट पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो झोलुङ्गेपुलको नामाकरणको लागि नगरपालिकाले सार्वजनिक सूचना गरेको थियो । सूचनाका आधारमा प्राप्त भएका नाम मध्येबाट आर्थिक सांकृतिक र अन्तराष्ट्रिय महत्व झल्कने हिसावले उपयुक्त तीनवटा नाम सिफारीस गर्नका लागि नगरले सिफारीस समिति बनाएको हो ।

    नामाकरण गर्नेलाई २५ हजार रुपैयाँ पुरस्कार दिईने नगरप्रमुख जनकराज पौडेलले बताए ।

    सिफारीस समितिको संयोजकमा नगर उपप्रमुख सुरेन्द्र खड्का रहेका छन् । समितिको सदस्यहरुमा सह–प्रध्यापक बिष्णु प्रसाद मैत्रेय, देवबहादुर श्रेष्ठ , पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष, कुश्मा नगरपालिका–१ का अध्यक्ष देवेन्द्र सुवेदी र नगरका सूचना अधिकारी युक्त प्रसाद सुवेदी रहेका छन् ।

    नगरले सार्वजनिक गरेको सूचनाका आधारमा अनलाईन र कार्यालय मार्फत दर्जनौं नामहरु प्राप्त भएका छन् । 

     

  • सम्बन्धित विषय:

  • # पुलको नाम
  • # समिति

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार