भारतमा कोरोना संक्रमणको दर तिब्र गतिमा बढ्दै 

भारतमा कोरोना संक्रमणको दर तिब्र गतिमा बढ्दै 

  • चैत्र ९, २०७७ सोमवार
  • १६:३४:४५ बजे
  • 5.3K
    SHARES
  • भारतमा कोरोना संक्रमणको दर तिब्र गतिमा बढ्दै 
    फाइल तस्बिर

    काठमाडौं : भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण निरन्तर बढ्दो क्रममा छ ।

    सोमबार भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ४६ हजार ९५१ जना नयाँ संक्रमित फेला परेका छन् । २४ घण्टाको अवधिमा २१२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

    पछिल्लो एक सातामा मात्र भारतमा कोरोनाका दुई लाख ६० हजार नयाँ संक्रमित थपिएका छन् । जसमध्ये ७० प्रतिशत भन्दा बढी महाराष्ट्रका छन् । भारतीय स्वास्थ्य विशेषज्ञहरुले लापरबाहीका कारण पछिल्लो समय कोरोना संक्रमण बढिरहेको बताएका छन् ।

    केहीले भने कोरोनाको नयाँ प्रकार (भेरियन्ट) का कारण संक्रमण बढेको पनि बताएका छन् । यद्यपि अहिलेसम्म के कारणले संक्रमण बढ्यो भन्ने पुष्टि भएको छैन ।

    अहिलेसम्म भारतमा कोरोनाबाट एक करोड १६ लाखभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने करिब एक लाख ६० हजार जनाको मृत्यु भइसकेको छ । मार्च १५ देखि २१ सम्मको एक सातामा अघिल्लो साताको तुलनामा नयाँ संक्रमितको संख्या एक लाखले बढेको छ ।

    स्वास्थ्य सेवामा देखिएको अव्यवस्था र मानिसहरुको लापरबाहीका कारण कोरोना संक्रमण बढेको निश्कर्ष निकालेर केही राज्यले सामाजिक गतिविधिमा कडाइ सुरु गरेका छन् ।

    भारतले कोरोनाविरुद्धको खोप अभियान पनि सञ्चालन गरिरहेको छ । अहिलेसम्म भारतमा चार करोड ५० लाखभन्दा धेरैले कोरोना खोप लगाइसकेका छन् । आगामी जुलाईसम्ममा २५ करोडभन्दा धेरैलाई कोरोना खोप दिने भारतको लक्ष्य छ ।

    एजेन्सीहरुको सहयोगमा

  • सम्बन्धित विषय:

  • # भारतमा
  • # कोरोना
  • # बढ्दै

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार