नवराज परियार
बागलुङ : बागलुङ नगरपालिका—२ गोल्डेगेटचोकमा रहेको यम्मी किचन हाउसले होलीको रङमा रङ भर्ने भएको छ ।
होलीको अवसरमा यही चैत १५ गते आईतबार यम्मी किचन हाउसले सांगितिक कार्यक्रमको आयोजना गरी होलीलाई थप उल्लासमय बनाउने तयारी गरेको हो । कोरोनाको बढ्दो जोखिमलाई समेत ध्यानमा राखी विशेष सुरक्षा सावधानी अपनाउँदै कार्यक्रम गर्ने तयारी गरिएको यम्मी किचन हाउसका सञ्चालक दिल रानाले बताए ।
कोरोना महामारीका कारण सबै क्षेत्र तहस नहस भएका कारण आम मानिसहरुलाई मनोरञ्जन प्रदान गर्नका लागि कार्यक्रम गर्न लागिएको उनले बताए ।
कार्यक्रम चैत १५ गते आईतबार साँझ ६ बजेदेखि ९ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा चर्चित गायिका चाहाना श्री लगाय स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहनेछ ।
कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ ।