बागलुङ : बागलुङको ढोरपाटनमा गोरु काट्दै गरेका पाँच जना पक्राउ परेका छन् ।
ढोरपाटन नगरपालिका वडा ८ नम्बर भित्ता टोलस्थित पाखोबारीबाट गोरु काटिरहेका पाँच जना पक्राउ परेका हुन् ।
पक्राउ पर्ने सोही ठाउँ बस्ने ४९ वर्षीय मन बहादुर विक, ४४ वर्षीय को नन्दराम विक, ३८ वर्षीया पुनी विक वर्ष २६ कि मिना विक, वडा र वर्ष ३६ को हरि परियार पक्राउ परेको प्रहरीले जनाएको छ । ५ जनालाई गोरुको मासु सहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
गोरु काटेको सूचनाका आधारमा प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यस विषयमा थप अनुसन्धान भई रहेको प्रहरीको भनाई छ ।