चुनाव

पत्रकार महासंघको चुनावमा १० संगठनको गठबन्धन, एमालेको माधव नेपाल समूह पनि सामेल

पत्रकार महासंघको चुनावमा १० संगठनको गठबन्धन, एमालेको माधव नेपाल समूह पनि सामेल

  • चैत्र १३, २०७७ शुक्रवार
  • १९:०८:०३ बजे
  • 5.6K
    SHARES
  • पत्रकार महासंघको चुनावमा १० संगठनको गठबन्धन, एमालेको माधव नेपाल समूह पनि सामेल

    काठमाडौं : नेपाल पत्रकार महासंघको चैत २५ गते हुने निर्वाचनमा नेपाली कांग्रेसदेखि गोपाल किरातीको पार्टीसहित गरी १० वटा राजनीतिक दल आवद्ध पत्रकार संगठनहरूबीच गठबन्धन बनेको छ । १० पार्टीको गठबन्धनमा नेकपा एमालेको माधव नेपाल पक्षधर समूह समेत सहभागी भएको छ ।

    शुक्रबार भएको सहमति अनुसार आसन्न निर्वाचनमा ‘प्रतिगामी कदमविरुद्ध’ रहेका पत्रकारहरूका संगठनबीच सहकार्य गरी साझा र समावेशी नेतृत्व चयन गर्ने भनिएको छ । एमालेआवद्ध प्रेस चौतारी नेपाल भने गठबन्धनमा छैन ।तर चौतारीको उपाध्यक्ष विश्वमणी सुवेदीले सहमतिमा हस्ताक्षर गरेका छन् ।

    नेकपा विभाजनपछि प्रचण्ड-माधव पक्षमा लागेका पत्रकारहरूको तर्फबाट उनले सम्झौतामा हस्ताक्षर गरेका हुन् । चौतारीका अध्यक्ष गणेश बस्नेतले भने मतदाता नामावली नै फर्जी भएको भन्दै निर्वाचन समितिमा उजुरी दिइसकेका छन् । गठबन्धनको सम्झौतामा कांग्रेसनिकट प्रेस युनियनका

    अध्यक्ष बद्री सिग्देल, माओवादीनिकट प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल, मोहन वैद्यनिकट क्रान्तिकारी पत्रकार महासंघका कावा अध्यक्ष नारायण पंगेनीले हस्ताक्षर गरेका छन् । त्यस्तै विप्लवनिकट जनपत्रकार संगठनका अध्यक्ष शेरबहादुर विक, विप्लवनिकटकै विद्रोही समूह

    क्रान्तिकारी पत्रकार संठनका महासचिव बाबुराम भुसाल, राप्रपाको मिडिया नेपालका अध्यक्ष गोपाल पौडेल, गोपाल किरातीको प्रेस सेन्टर नेपालका लोकराज जैशी र नेकपा मालेनिकट देशभक्त पत्रकार संघका अध्यक्ष तेजेन्द्र प्रसाईले पनि सम्झौतामा हस्ताक्षर गरेका छन् ।

    सम्बन्धित समाचार