सौतेनी आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला

सौतेनी आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला

  • चैत्र १९, २०७७ बिहिवार
  • ०७:४९:४० बजे
  • 7.7K
    SHARES
  • सौतेनी आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला
    सांकेतिक तस्बिर

    इलाम : त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालत इलामले जन्मकैदको फैसला सुनाएको छ ।

    जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले चैत १२ गते ती व्यक्तिलाई जन्मकैदसहित रु ६० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार फणिन्द्र भट्टराईले बताए ।

    विसं २०७७ भदौ ७ गते राति भान्साघरमा सुतिरहेकी आमालाई आरोपितले बलात्कार गरेको पाइएको भट्टराईले जानकारी दिए ।भदौ ८ गते पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

    आरोपितलाई भदौ १० गते प्रहरीले गिरफ्तार गरेको थियो । पीडितको भदौ ८ गते इलाम अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # बलात्कार

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार