सहकारीमा संस्थागत सुशासन अपरिहार्य – रजिष्ट्रार ढकाल

सहकारीमा संस्थागत सुशासन अपरिहार्य – रजिष्ट्रार ढकाल

  • पौष १, २०७७ बुधवार
  • १२:१३:५३ बजे
  • 5.8K
    SHARES
  • सहकारीमा संस्थागत सुशासन अपरिहार्य – रजिष्ट्रार ढकाल

    बागलुङ: गण्डकी प्रदेश, सहकारी रजिष्ट्रारको कार्यालय,

    पोखराका रजिष्ट्रार प्रेम प्रसाद ढकालले संस्थागत सुशासन कायम गर्न सहकारी संस्थाहरुलाई आग्रह गर्नुभएको छ ।

    बागलुङको सिवाइसी बचत तथा ऋण सहकारी संस्थाले

    बुधबार विहान आयोजना गरेको सरोकारवालाहरुसँग एकीकरण सम्बन्धी कार्यक्रममा बोल्दै सो कुरा बताउनुभएको हो ।

    ढकालले सरकारले ल्याएको सहकारी एकीकरण अभियानलाई प्रभावकारी बनाई थोरै सहकारी मार्फत धेरै सदस्यमा वित्तीय कारोबारको पहुँच पुग्ने गरी काम गर्न आग्रह गर्नुभयो ।

    गण्डकी प्रदेशमा कोभिडका कारण सहकारी एकीकरण अभियान केही सुस्त गतिमा भए पनि अवका दिनमा प्रदेश सहकारी कार्यालयले गति बढाउने बताउनुभयो ।

    सहकारी संस्थाले गरिबी निवारण, बचत गर्ने वानीको विकास तथा सामाजिक आर्थिक क्षेत्रमा महत्वपूर्ण भुमिका खेलेको धारणा राख्नुभयो । 

    कार्यक्रममा रजिष्ट्रार कार्यालयका अधिकृत सागर खनाल र बलराम शर्माले छलफलका क्रममा एकीकरणका सवालहरुमा सहजीकरण गर्नुभएको थियो । 

    सिवाईसी साकोसमा एकीकृत हुन लागेका ११ वटा सहकारीका अध्यक्ष एवं प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल, स्वागत सह–सचिव सुवास आचार्य र संचालक सचिव जयराम भारीले गर्नुभएको थियो ।

    कार्यक्रम सल्लाहकार बद्रिप्रसाद पौडेलको धन्यवाद मन्तव्यमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार