आगलागी

निसीखोलामा आगलागी हुँदा ३ घर गोठ जलेर नष्ट

निसीखोलामा आगलागी हुँदा ३ घर गोठ जलेर नष्ट

  • चैत्र २७, २०७७ शुक्रवार
  • १४:५६:१८ बजे
  • 5.4K
    SHARES
  • निसीखोलामा आगलागी हुँदा ३ घर गोठ जलेर नष्ट

    बुर्तिबाङ : निसीखोलामा आगलागी हुँदा २ घर जलेर नष्ट भएका छन् । जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर ४ ओखरेनीमा आगलागी हुँदा २ घर जलेर नष्ट भएका हुन् ।

    आगलागीमा स्थानीय नरबहार क्षेत्रीको घर गोठ र नरि क्षेत्रीकाे घर पूर्ण रुपमा जलेको र प्रेमबहादुर क्षेत्रीको घरमा आंशिक क्षति भएको निसीखोला गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष टिकानिधि पौडेलले जानकारी दिए ।

    May be an image of outdoors and tree

    बारीमा आगो लगाउने क्रममा हावाहुरीका कारण घरसम्म आगोलागी भएको बताइएको छ । आगलागीमा मानविय क्षति नभए पनि भौतिक क्षति भएको अध्यक्ष पौडेलको भनाई छ ।

    May be an image of outdoors

    आगो स्थानीय र प्रहरीको सक्रियतामा नियन्त्रणमा आइ सकेको छ । आगलागीमा घर गोठ जलेपछि नरबहार क्षेत्री र नरि क्षेत्रीको परिवारको बिचल्ली भएको छ ।

    आगलागीमा के कति क्षेति भयो भन्ने एकिन विवरण आउन बाँकी छ ।

    May be an image of one or more people, people standing, tree and outdoors

     

  • सम्बन्धित विषय:

  • # आगलागी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार