आगलागी

बागलुङको एक फर्निचरमा आगलागी : २ घाइते, साढे १८ लाखको क्षति

बागलुङको एक फर्निचरमा आगलागी : २ घाइते, साढे १८ लाखको क्षति

  • चैत्र २९, २०७७ आइतवार
  • ०९:२१:०१ बजे
  • 6.3K
    SHARES
  • बागलुङको एक फर्निचरमा आगलागी : २ घाइते, साढे १८ लाखको क्षति
    फाइल तस्बिर

    बागलुङ : बागलुङ बजारको एक फर्निचर उद्योगमा भिषण आगलागी भएको छ । बागलुङ नगपालिका वडा नम्बर ३ गुठीमा रहेको सिर्जना फर्निचर उद्योगमा आगलागी हुँदा दुई जना घाइते भएका छन् भने १८ लाख ५० हजार बराबरको क्षति भएको छ ।

    आगलागीमा परि बागलुङ नगरपालिका वडा नम्बर १३ बलेवा घर भई सोही फर्निचर संचालन गर्दै आएका ३३ वर्षीय हरिजन, वडा नम्बर ३ गुठीका ६४ वर्षीय डम्मर  बहादुर कार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकबाल हवारीले जानकारी दिए ।

    आगलागीमा फर्निचर उद्योग पूर्ण रुपमा जलेर नष्ट भएको छ भने नजिक रहेका दुई घरमा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । राति २ बजेर ५० मिनेटमा प्रहरीलाई जानकारी भए लगत्तै प्रहरीको टोली त्यस स्थानमा गएको थियो ।

    जिल्ला प्रहरी कार्यालयबाट ३० जना, विपद व्यवस्थापन गुल्मबाट १७ जना, शसस्त्र प्रहरीबाट १५ जनाको टोली, स्थानीय र दमकलको सहायतामा आगो निभाउने प्रयास भए पनि विहान ८ बजे मात्रै नियन्त्रणमा आएको हवारीले जानकारी दिए ।  आगलागीमा फर्निचरको उद्योग

    जलेर नष्ट हुँदा १५ लाख, आगालागी नजिकै रहेको डम्बर बहादुर कार्कीको घरको घरको झ्याल ढोका लगाएत अन्यमा क्षती हुँदा दुई लाख र सोही घरको दोस्रो तलामा डेरा गरी बस्ने लाल बहादुर थापाको कोठामा जल्दा साढे एक लाखको क्षति भएको प्रहरीले जनाएको छ ।  

  • सम्बन्धित विषय:

  • # आगलागी

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार