काठमाडौं : बर्दियाको राजापुर नगरपालिका–९ चनौराका दिनेश थारुलाई प्रहरीले पक्राउ गरेको छ । ३९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
२४ वर्षीय दिनेशले कर्णाली नदीको तटबन्धमा बलात्कार गरेको महिलाले आरोप लगाएकी छिन् । आइतबार राति पक्राउ गरिएका दिनेशमाथि बलात्कार मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको बर्दिया प्रहरीले जनाएको छ ।
याे पनि
१ लाख ८० हजार रकमसहित पाँच जुवाडे पक्राउ
दाङको घोराहीमा एक लाख ८० हजार नगदसहित पाँच जुवाडे पक्राउ परेका छन्। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १५ बालमन्दिर टोलका ४३ वर्षीय झुपल केसी, सोही
ठाउँका २७ वर्षीय खगेन्द्र सापकोटा, वडा नं। १४ का ४३ वर्षीय बालाराम खड्का, सोही ठाउँका २४ बर्षीय मरिजमान खड्का र ३५ वर्षीय चन्द्र बुढा रहेका छन्। जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्द्रप्रसाद रिजालका
अनुसार केसीको घरमा जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा आइतबार बेलुकी सवा ७ बजेतिर छापा मार्दा उनीहरू पक्राउ परेका हुन्। जुवाको खालबाट विभिन्न बैंकका ७ वटा चेक समेत बरामद भएको
डिएसपी रिजालले बताए। जुवा खेलिरहेको अवस्थामा तीन गड्डी तास समेत बरामद गरिएको प्रहरीले बताएको छ। पक्राउ परेकामाथि आवश्यक कानुनी कारबाहीको प्रक्रिया सुरू गरिएको प्रहरीले जनाएको छ।