बलात्कार आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ

बलात्कार आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ

  • बैशाख १०, २०७८ शुक्रवार
  • ०७:०८:३१ बजे
  • 6.8K
    SHARES
  • बलात्कार आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ

    धरान : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव बलत्कार गरेको अभियोगमा पक्राउ परेका छन् । इटहरीकी एक १७ वर्षीया बालिकालाई गाउँपालिकामा जागिर लगाइदिने प्रलोभनमा पारी मादक पदार्थ सेवन गरी जबरजस्ती करणी गरेको अभियोगमा उनलाई इलाका प्रहरी

    कार्यालय धरानले बुधबार राति पक्राउ गरेको हो । गाउँपालिका अध्यक्ष सरकारी गाडीमा युवती राखी धरान तर्फ लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओली नेतृत्वको प्रहरी टोलीले अध्यक्ष यादवलाई पक्राउ गरेको हो । 

    mahendra-prasad-yadab_20210422111641.jpg

    धरान उपमहानगरपालिका ४ स्थित साराङंगामा सञ्चालनमा रहेको डुकु होटलबाट उनलाई रंगेहात पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताए ।  अध्यक्ष यादवले युवतीलाई कार्यालयकै गाडीमा राखेर धरान ल्याइ ललाई फकाई गरी बलात्कार गरेको उजुरीका

    आधारमा पक्राउ गरिएको उनले बताए । बलत्कारमा परेकी बालिकाका अभिभाकले बिहीबार जबरजस्ती करणी ऐन अन्र्तगत जाहेरी दिएपछि  प्रहरीले मुद्धा दर्ता गरी आवश्यक कारबाही अगाडि बढाएको छ । यादवविरुद्ध जिल्ला अदालत सुनसरीमा म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए ।

    यादव २०७४ सालको स्थानीय निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरमबाट भोक्राहा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । हाल उनी जनता समाजवादी पार्टीका जिल्ला नेता हुन् । पक्राउ गरिएका

    यादव र किशोरी  दुबैको वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण समेत गरिएको छ । स्वास्थ्य परीक्षणपछि ती बालिकालाई  परिवारको जिम्मा लगाइएको डीएसपी बस्नेतले जानकारी दिए।

    सम्बन्धित समाचार