काेराेना कहर

बागलुङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

बागलुङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

  • बैशाख २३, २०७८ बिहिवार
  • ०७:५३:४६ बजे
  • 7.6K
    SHARES
  • बागलुङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
    फाइल तस्बिर

    बागलुङ : कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ४ का ७८ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

    उनलाई २० गते संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि धौलागिरी अस्पतालमा आएकार बृद्धको बिहिबार विहान साढे पाँच बजे मृत्यु भएको घिमिरेको भनाई छ । उनीमा उच्च रक्तचाप, मधुमेह लगायका रोगले ग्रसित भएको बताइएको छ ।

    बागलुङमा हरेक दिन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । अहिले धौलागिरी अस्पताल बागलुङको आइशोलेसनमा २१ जना संक्रमित उपचाररत छन् । जिल्लामा २७४ जना सक्रिय संक्रमित रहेका छन् ।

    यो पनि पढ्नुहोस् बागलुङमा एकै दिन ५० जनामा कोरोना संक्रमण 
    बागलुङमा एकै दिन थप ५० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पताल बागलुङमा गरिएका परीक्षणमा बागलुङ नगरपालिकाका ४८ जना, काठेखोला र ताराखोला गाउँपालिकाका १र१ जनालाई संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेका अनुसार दुई जना दुई वर्षीय बालिका सहित एकै दिन ५० जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । बागलुङ नगरपालिका वडा नम्बर १ का ३३ र ५८ वर्षीया दुई जना महिला र ३५, ४५ र ६२ वर्षीय तीन जना पुरुष, वडा नम्बर २ का २, ४२, ६०, ४०, ३०,

    २५ र ३७ वर्षीया महिला, ६९ र २५ वर्षीय पुरुष, वडा नम्बर ३ का २३ वर्षीय पुरुष र वडा नम्बर ४ का ४५ वर्षीय पुरुष, वडा नम्बर ६ का ६६ वर्षीया महिलालाई संक्रमण पुष्टि भएको हो । बागलुङ नगरपालिका वडा नम्बर १२ का २३, ३५, ३३, ६२, १३, १३ र ५० वर्षीया सात जना महिला, ५०, ३६, ६१, ४५, ३०,

    ३८ र ४४ वर्षीय सात जना पुरुष, वडा नम्बर १३ का ७, ६४, ३८, २, ४०, ६३, ४९ र ४२ वर्षीया आठ जना महिला,
     ५०, ५७, ६७, १२, ४५, ६९, ५७ र ३४ वर्षीय आठ जना पुरुष र वडा नम्बर १४ का ३९ बर्षिय एक जना पुरुष, काठेखोला गाउँपालिका वडा नम्बर ६ का २६ वर्षीया एक जना महिला

    र ताराखोला गाउँपालिका वडा नम्बर ३ का ३१ वर्षीय एक जना पुरुषलाई  संक्रमण पुष्टि भएको फोकलपर्सन घिमिरेले बताए । बागलुङमा रहेक दिन संक्रमितको संख्या बढ्दै गइरहेको छ । बागलुङमै परीक्षण गर्न थालेसँगै संक्रमणको दर पनि बढ्दै गएको पाइएको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमणबाट मृत्यु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार