काेराेना कहर

कोरोना संक्रमणबाट बागलुङमा फेरी एक जनाको मृत्यु

कोरोना संक्रमणबाट बागलुङमा फेरी एक जनाको मृत्यु

  • बैशाख २३, २०७८ बिहिवार
  • १९:०२:२८ बजे
  • 5.3K
    SHARES
  • कोरोना संक्रमणबाट बागलुङमा फेरी एक जनाको मृत्यु
    फाइल तस्बिर

    बागलुङ : बागलुङ कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिका वडा नम्बर ४ का ८७ वर्षीया पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड १९ फोकल पर्सन देव प्रकाश घिमिरेले जानकारी दिए ।उनलाई १९ गते संक्रमण पुष्टि भएको थियो ।

    संक्रमण पुष्टि भएपछि धौलागिरी अस्पतालमा आएकार बृद्धको बिहिबार दिउसो मृत्यु भएको घिमिरेको भनाई छ । उनीमा उच्च रक्तचाप, मधुमेह लगायका रोगले ग्रसित भएको बताइएको छ । उनी दम लगायका रोगले ग्रसित भएको बताइएको छ । त्यस्तै विहिबार विहान बागलुङ नगरपालिका वडा नम्बर ४ का ७८ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

    योसँगै बागलुङमा एकै दिन दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ । उनलाई २० गते संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि धौलागिरी अस्पतालमा आएकार बृद्धको बिहिबार विहान साढे पाँच बजे मृत्यु भएको घिमिरेको भनाई छ । उनीमा उच्च रक्तचाप, मधुमेह लगायका रोगले ग्रसित भएको बताइएको छ ।

    बिहिबार मात्रै बागलुङमा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा अधिकांश बागलुङ नगरपालिकाको विभिन्न वडाहरुको रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमणबाट मृत्यु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार