कोरोना संक्रमणबाट एकै घरका तीन दाजुभाइको मृत्यु

कोरोना संक्रमणबाट एकै घरका तीन दाजुभाइको मृत्यु

  • बैशाख २५, २०७८ शनिवार
  • ०७:०४:३७ बजे
  • 4.5K
    SHARES
  • कोरोना संक्रमणबाट एकै घरका तीन दाजुभाइको मृत्यु
    फाइल तस्बिर

    बाँके : कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा एकैघरका तीन दाजुभाइको मृत्यु भएको छ । मृत्युहुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज, एजाज र जहीर अहमद रहेका छन् । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका  तेज वलीका अनुसार उनीहरुको एकएक दिनको अन्तरालमा मृत्यु भएको हो ।

    जहीरको मृत्यु भएको भोलिपल्ट एजाजको मृत्यु भएको थियो । शुक्रबार विहान इम्तियाजको मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए । सात दाजुभाई मध्ये जहीर कान्छा , एजाज राइलो र इम्तियाज काइलो हुन् । उनीहरु सबैको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । नेपालगञ्जको विपिचोक नजिकै व्यापार गर्दै आएका

    जहिरको बुधबार, एजाजको बिहीवार र इम्तियाजको आज मृत्यु भएको हो । एउटै परिवारको तीन दाजुभाईको मृत्युपछि परिवारमा बज्रपात परेको छ । बिहीवार रातीमात्रै बाँकेका अस्पतालमा भर्ना भएका थप १० कोरोना सङ्क्रमित बिरामीको उपचारकाक्रममा मृत्यु भएको थियो ।

    हालसम्म बाँकेमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६९ जना पुगेको छ भने उपचारका लागि बाहिरी जिल्लाबाट बाँके आएका १३० जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ । 

    सम्बन्धित समाचार