काेराेना कहर

कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु

कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु

  • बैशाख २७, २०७८ सोमवार
  • ०६:५१:०७ बजे
  • 4.8K
    SHARES
  • कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु
    फाइल तस्बिर

    बागलुङ : बागलुङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । धौलागिरी अस्पतालको आइसियु कक्षमा उपचार गराईरहेका पर्वत कुश्मा नगरपालिका वडा नम्बर १ का एक पुरुषको  मृत्यु भएको हो । 

    वैशाख २० गते धौलागिरी अस्पताल आएका उनलाई २१ गते कोरोना पोजेटिभ देखिएको थियो । ४७ वर्ष उनको गय राती १ बजे धौलागिरी अस्पतालको सघन उपचार कक्षमा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड १९ फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।

    योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुने संख्या १५ पुगेको छ । जिल्लामा पछिल्लो केही दिन यता संक्रमणको दर तीव्र गतिमा बढि रहेको छ । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या २९९ रहेको घिमिरेको भनाई छ ।

    यो पनि पढ्नुहोस् 
    बागलुङमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालमा बागलुङमा गरिएको गरिएको परिक्षणमा बागलुङ नगरपालिका, काठेखोला र निसीखोला गाउँपालिकाका २० जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

    बागलुङ नगरपालिका वडा नम्बर ३ का १३, ४२ र ५० वर्षीय तीन जना पुरुष र ११, ३७ र ४६ वर्षीया तीन जना महिला, वडा नम्बर ४ का २७ वर्षीया एक जना महिला र वडा नम्बर ८ का ३० वर्षीया एक जना महिलामा संक्रमण पुष्टि भएको घिमिरेले जानाकारी दिए । काठेखोला गाउँपालिका वडा नम्बर ८ का ४५, ४५, ४९, ५४, ६१, ३२,

    ५७ र १२ वर्षीया ९ जना पुरुष र ४२ वर्षीया एक जना महिला, वडा नम्बर ५ को २० वर्षीय एक जना पुरुष, निसीखोला गाउँपालिका वडा नम्बर ४ का २७ वर्षीय एक जना महिला र निसीखोलाकै एक जना २९ वर्षीय पुरुष रहेका छन् । उनीहरु कर्मचारी रहेको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमणबाट मृत्यु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार