२४ घण्टा नबित्दै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

२४ घण्टा नबित्दै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु

  • बैशाख २८, २०७८ मंगलवार
  • १२:३०:०९ बजे
  • 3.5K
    SHARES
  • २४ घण्टा नबित्दै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु
    फाइल तस्बिर

    बागलुङ : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । म्याग्दीका १, कास्कीका ६, स्याङ्जाका १, तनहुँका १ र रुपन्देहीका २ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । संक्रमणबाट म्याग्दीको बेनी नगरपालिका

    वडा नम्बर ९ की ५२ वर्षीया महिला, कास्कीको पोखरा महानगर पालिका वडा नम्बर १७ का ८४ वर्षीय पुरुष, वडा नम्बर १६ की ६० वर्षीया महिला, वडा नम्बर ६ का ५२ वर्षीय पुरुष, वडा नम्बर २१ का ८० वर्षीय पुरुष, वडा नम्बर ६ की ३२ वर्षीया महिला, वडा नम्बर ८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

    त्यस्तै तनहुँको व्यास नगरपालिका वडा नम्बर १ की ५७ वर्षीया महिला, रुपन्देही जिल्लाको बुटवल उप महा नगरपालिका वडा नम्बर ११ की ५५ वर्षीया महिला र रुपन्देही जिल्लाकै सैनामैना नगरपालिका वडा नम्बर १ का ४० वर्षीय पुरुष मृत्यु भएको बताइएको छ ।

    मृत्यु भएका सबैको पोखरा स्थित विभिन्न अस्पताल तथा गण्डकीका विभिन्न जिल्लाका अस्पतालमा मृत्यु भएको निर्देशनालयले प्रेस विज्ञप्ती मार्फत जानकारी गरएको छ । यो सँगै गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या २८७ पुगेको छ । 

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमणबाट मृत्यु

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार