बागलुङ : बागलुङ सदरमुकाममा रहेको निलगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः नारायण पौडेल निर्वाचित भएका छन ।
संस्थाको १३ औं साधारण सभाले आगामी चार वर्षका लागि संचालक समितिको अध्यक्षमा पौडेललाई निविरोध निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा चित्रबहादुर केसी,
सचिवमा मिनबहादुर केसी ‘मिलन’ सह–सचिवमा नारायण रिजाल र कोषाध्यक्षमा कृष्णप्रसाद शर्मा चयन भएका छन ।
समितिको सदस्यहरुमा मतिप्रसाद शर्मा, यशोदा शर्मा, डिलप्रसाद शर्मा हायश्वर सुवेदी, प्राणनाथ गौतम, पार्वती पौडेल, सुरज प्रधान र सावित्री केसी जिसी रहेको निर्वाचन समितिका संयोजक भुमिश्वर गौतमले जानकारी दिए ।
साधारण सभाले गोविन्द बहादुर पौडेल ‘गोपाल’को संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति समेत चयन गरेको छ । समितिको सदस्यहरुमा परशुराम सुवेदी र मायाँ खत्री रहेका छन ।
नवनिर्वाचित संचालक समिति र लेखा समितिलाई विहिबार निर्वाचन समितिले सपथ ग्रहण गराएको छ । सपथ ग्रहण पश्चात बोल्दै नवनिर्वाचित
अध्यक्ष पौडेलले सहकारीको नेतृत्वमा आफु भए पनि प्रत्येक शेयर सदस्यहरु सँग समन्वय संस्थालाई अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
उनले संस्थाको उन्नती र प्रगतीको लागि सहकारीको मुल्य र मान्यताका साथ अगाडी बढ्ने बताए । यस अघिको दुई कार्यकाल पनि अध्यक्ष भएका पौडेलले आगामी चार वर्षमा संस्थालाई थप उचाईमा पु¥याउने दृढ संकल्प रहेको बताए ।
कार्यक्रममा लेखा समिति सदस्य गोविन्द बहादुर पौडेल‘गोपाल’ले सहकारीको हरेक कारोबारलाई व्यवस्थित बनाउनका निम्ती आफुले महत्वपुर्ण भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा निर्वाचन अधिकृत भुमिश्वर गौतम र निर्वाचन समितिका सदस्य देव शर्मा आचार्यले नयाँ निर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई दिँदै संस्थाको दिगो विकासका निम्ती अझै सक्रिय भएर काम गर्न आग्रह गरेका थिए ।
२०६५ सालमा स्थापना भएको सहकारी संस्थामा हाल ८ सय ७५ जना शेयर सदस्य रहेका छन भने २ करोड ९३ लाख ४० हजार ८ सय शेयर पुँजी रहेको छ ।
कार्यक्रम निर्वाचन अधिकृत गौतमको अध्यक्षता र निर्वाचन समितिका सदस्य ज्ञानेन्द्र गौतमको संचालनमा सम्पन्न भएको थियो ।