दुर्घटना

ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

  • बैशाख २८, २०७८ मंगलवार
  • २०:४९:५८ बजे
  • 13.6K
    SHARES
  • ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते
    फाइल तस्बिर

    बागलुङ :बागलुङको ढोरपाटन नगरपालिकामा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पोखराबाट बिरामी लिएर आएको ध १ ज ५२८ ट्याक्सी ढोरपाटन नगरपालिका वडा नम्बर ५ प्याङखोलामा दुर्घटना भएको हो ।

    दुर्घटनामा ट्याक्सी चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन नगरपालिका वडा नम्बर ५ का ४० वर्षीय जोकबहादुर विक मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख जयराम वन्तले जानकारी दिए । मृकत विककी विककी श्रीमती ३८ वर्षीय रतिकला विक घाइते भएको वन्तको भनाई छ ।

    चालक थापा गम्भीर भएको हुँदा उनलाई पाल्पा रेफर गरिएको र लैजाँदै गर्दा बाटैमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते विकलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरि रहेको प्रहरीको भनाई छ । ट्याक्सी सडकदेखि एक सय मिटर तल भूजीखोलामा खसेको छ ।

  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • # ढोरपाटन

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार