सिटिजन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी रकम प्रदान

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी रकम प्रदान

  • पौष ३, २०७७ शुक्रवार
  • १०:२६:२६ बजे
  • 4.8K
    SHARES
  • सिटिजन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी रकम प्रदान

    छविलाल पाण्डे, बागलुङ
    सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गोरखा शाखाले मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । 

    गोरखा नगरपालिका ८ बस्ने ३८ वर्षीय मेख बहादुर उपरकोटीको गत असोजमा कालगतिले मृत्यु भएको थियो । उनको बुवा सोमे सार्कीले मंसिर १२ गते दाबी प्रकृयाको लागि

    सम्पूर्ण कागजात पुरा गरि कम्पनीमा निवेदन दिएपछि गोरखा नगरपालिका ८ आहाले बजार चोकमा एक कार्यक्रमका बिच परिवारका निम्ती रकम प्रदान गरिएको हो । 

    उनले गत २०७६  मंसिरमा २ लाखको जीवन बीमा गरेका थिए ।  प्रथम बीमा शुल्क बापत १३ हजार बुझाएका उनलाई  निधन पश्चात एक कार्यक्रमका गोरखा शाखाका शाखा प्रबन्धक हरिहर आचार्य, गोरखा नगरपालिका

    वडा नं. ८ का अध्यक्ष  कृष्ण बहादुर खत्री, वडा सदस्य कल्पना नेपाली, समाजसेवी लेख बहादुर थापा मगर, एजेन्सि मेनेजर रबिन्द्र पन्त, सुमित्रा श्रेष्ठ लगायत स्थानियको उपस्थितिमा  दावि रकम हस्तान्त्रण गरीएको हो । 

    कार्यक्रममा बोल्दै वडा अध्यक्ष कृष्ण बहादुर खत्रीले बीमा गरेको खेर नजाने भन्दै अवधी सकिएपछि डबल पाइने र दुख पर्दा बीमाले यसरी घरैमा आएर रकम प्रदान गर्ने भएकोले सबै नेपालीले आफुले सकेको जीवन बीमा गर्नको लागि अनुरोध समेत गरे । 

    सिटिजन लाइफ इन्स्योरेन्सका शाखा प्रबन्धक हरिहर आचार्यले, स्वर्गिय व्यक्तप्रति श्रद्धाञ्जली व्यक्त गर्दै, आफु हुंदा आफुलाई यदि आफु नरहे आश्रित परिवारको लागि बीमाको ठुलो महत्व रहेको बताए ।

    उनले सिटिजन लाइफ इन्स्योरेन्सले यस्तै पीडामा परेकालाई मलम लगाउंदै आएको बताए । नेपालमै पहिलो पटक २० घातक रोग

    र विभिन्न उत्कृष्ट प्रोटक्ट सहित स्थापित कम्पनीले देशका विभिन्न १ सय २३ शाखाबाट सेवा दिँदै आएको छ ।

  • सम्बन्धित विषय:

  • # सिटिजन लाइफ
  • # दाबी

  • छबिलाल पाण्डे

    उहाँ बागलुङ पोस्ट डटकमका संवाददाता हुनुहुन्छ ।

    सम्बन्धित समाचार