बिहेमा कोरोना फैलिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु

बिहेमा कोरोना फैलिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु

  • जेठ ८, २०७८ शनिवार
  • १४:१०:१६ बजे
  • 4.4K
    SHARES
  • बिहेमा कोरोना फैलिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु
    फाइल तस्बिर

    काठमाडाैँ : बिहेघरमा कोरोना सङ्क्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको  झापामा  मृत्यु भएको छ । सङ्क्रमणबाट गौरादह–४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उनकी आमाको मृत्यु भएको नगर स्वास्थ्य कार्यालयले जनाएको छ ।

    स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठका अनुसार सङ्क्रमित सन्तोषको गए राति १२ः४५ बजे विराटनगरस्थित कोशी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गत वैशाख २४ गतेदेखि उनी त्यस अस्पतालमा उपचारत थिए । यसअघि आमा शान्तिदेवी ताजपुरियाको गत वैशाख २३ गते उपचारका क्रममा मृत्यु भएको थियोे ।

    वैशाख १५ गतेतिर सन्तोषको विवाह भएको थियो । विवाह भएको केही दिनमै बेहुला सन्तोष, उनकी नवदुलही, आमासहित पाँच जनाको पूरै परिवारलाई सङ्क्रमण देखिएको थियो । त्यस्तै सन्तोषकी श्रीमतीको समेत कोशी कोभिड अस्पतालमा उपचार भइरहेको गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताए ।

    बिहे कार्यमा असवाधानी हुँदा ताजपुरिया जनमा सङ्क्रमण सरेको हुनसक्ने उनले बताए । योसँगै गौरादहमा नयाँ भेरियन्टबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोरोना

  • बागलुङ पोस्ट

    सम्बन्धित समाचार